बाघको आक्रमणबाट एकको मृत्यु

पोखरा न्युज –

भरतपुर महानगरपालिका–११ नवजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट शनिबार एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार दिउँसो ४ बजेको समयमा बनमा घाँस दाउरा काट्न गएका कालिका नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहानदुर प्रर्जालाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट प्रजाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रजालाई बाघले आक्रमण गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button