भुटानी शरणार्थीबाट ७३ घर बाढीपीडित परिवारलाई राहत

पोखरा न्युज –

भुटानी शरणार्थीले आफ्नो गाँस काटेर झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् ।

शरणार्थीले आफूहरुलाई संस्थाले खान दिएको चामल घरघरबाट मुठीमुठी संकलन गरेर एक हजार ८७० केजी चामल बाँडेका हुन् । ती राहत खाद्य सामग्री शनिबार पीडितलाई हस्तान्तरण गरिएको बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले बताउनुभयो । दमकको बेलडाँगी र मोरङको पथरी शिविरका शरणार्थीले संयुक्त रुपमा ती खाद्य सामग्री जुटाएका हुन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button