पोखरा ट्रेड मल फुटसल कपको उपाधी पोखरा ट्रेड मल व्यवसायीेलाई

पोखरा न्युज –

पोखरा ट्रेड मल चिप्लेढुङ्गाको आयोजनमा सम्पन्न “प्रथम पोखरा ट्रेड मल फुटसल कप २०७४” उपाधी पोखरा ट्रेड मल व्यवसायी ए समुहले हात पार्न सफल भएको छ । पोखरा ट्रेड मल व्यवसायी ए समुहले पोखरा इलेक्ट्रोनिक व्यवसायीलाई ५–३ गोल अन्तरले हराउँदै उपाधी प्राप्त गरेको हो ।

पोखरा ट्रेड मल व्यवसायी ए समुहलाई उपाधी दिलाउन सुविन श्रेष्ठले एक्लैले ३ गोल गरेका थिए । पोखरा ट्रेड मल व्यवसायी ए समुहले उपाधी संगै नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र साथै उप विजेताले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्रदान हात पार्यो ।

प्रतियोगितामा पोखरा ट्रेड मल व्यवसायीको ए समुहका खेलाडी सुविन श्रेष्ठले उत्कृठ खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधी हात पार्न सफल भएका थिए । विजय्री टिमलाई पोखरा ट्रेड मलका प्रवन्ध संचालक मिनराज काफ्ले, सेभेन ए साइड महासंघका अध्यक्ष नविन पुन, एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङ्ग लगाएतले नगद, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

“व्यवसायिकता, आत्मियता र स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजित उक्त प्रतियोगितामा जम्मा ११ वटा व्यवसायीक संथाका १५ खेल समुह सहभागि भएका थिए । पोखरा गणेशटोल स्थीत बि फिट फुटसल ग्राउण्डमा आयोजन उक्त प्रतियोगिताको उद्घाटन पोखरा उघोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्र बहादुर प्रजुले गरेक थिए । कार्यक्रम मलका अध्यक्ष विन्दु थापको अध्यक्षतामा भएको थियो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button