सुन्तला संरक्षण अभियानमा पोखरा-२२ पुम्दीभुम्दीका कृषक पौडेल

पोखरा न्युज ।

सुन्तलामा विभन्नि प्रकारको रोगले गर्दा सुन्तलाको पकट क्षेत्र नास हुदै जादा कास्कीमा एक कृषकले सुन्तला संरक्षण अभियानमा लागेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ पुम्दी भुम्दी, माछापुछ्रे भ्यू प्वाईन्टका कृषक लिलाधर पौडेल सुन्तलाको नर्सरी खेति गर्दै सुन्तला संरक्षणको अभियानमा लागेका हुन ।

कास्की र स्याङजाका धेरै सुन्तलाको पकट क्षेत्रमा पछिल्ला बर्ष देखि ग्रिनिङ रोग लागेका कारण सुन्तलाकोबोट सुक्दै मर्देै गएकोले त्यसलाई सन्तुलन कायम गर्न पौडेलले बार्षिक रुपमा ७ हजार भन्दा बढी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन। ग्रिन हाउसको रुपमा उनले उत्पादन गरेका सुन्तलाको बिरुवा कास्की, स्याङजा लगायतका क्षेत्रमा लैजाने गरेको पौडेलले बताए ।

राजनीतिसंगै कृषि पेशालाई अघि बढाएकोमा कृषि पेशाबाट राम्रो आम्दानी गर्न सफल भएकोमा खुसि व्यक्त गर्दै उनले राजनीतिलाई अघि बढाउन समेत कृषि पेशाले थप सहयोग गरेको जनाए । २०३६ साल देखि राजनीतिक यात्रा सुरु गरे पछि कृषि पेशालाई पनि संगै अघि बढाएका उनले राजनीति भन्दा आर्थिक रुपमा कृषि पेशाबाट बार्षिक लाखौं आम्दानी सफल भएका छन । श्रीमती लक्ष्मी देवि पौडेलको साथ र सहयोगले गर्दा आफुले बिहान बेलुका कृषि व्यवसायलाई समय दिए पनि अन्य समय श्रीमतीले दिएको कारणले गर्दा हाल बार्षिक रुपमा आफुहरुले कृषि व्यवसायबाट १२ लाख भन्दा बढी आम्दानी हुने गरेको पौडेलले बताए । पौडेलको ३५ रोपनी क्षेत्रफलमा ५ सय वटा स्थानिय जातका सुन्तला रहेका छन । त्यस्तै उनको बारीमा अलैची, कागती, निबुवा, केरा, अमला, अम्वा, कुरीलो लगायतका फलफुल तरकारीहरु उत्पादन हुदै आएको छ । ५५ बर्षीय पौडेल राजनीतिमा लाग्दा लाग्दै कपाल फुले पनि कृषिले आफुलाई धेरै सहयोग पुरयाएको बताउछन ।

पुम्दी भुम्दीकै खाल्सेबाट बसाई सरी भिर पाखो तथा झाडीमा बस्ती बसाली व्यवसायिक रुपमा कृषि खेतिमा हात हालेका उनको बारीमा हाल मौसम अनुसारका फलफुल तरकारी पाउन सकिन्छ । उनको बारीबाट हिमश्रृखला देखि पोखरा तथा पुम्दी भुम्दीको धेरै भाग देख्न सकिन्छ । २०६० बाट माछापुछ्रे भ्यू प्वाईन्ट रेष्टुरण्ट समेत संचालन गर्दै आएका छन ।

घरमा श्रीमती सहित दुई छोरा र दुई छोरीको साथ पाएका उनले दुई जनालाई रोजगार दिएका छन । उनले मौसम अनुसार थप रोजगार दिने गरेका छन । गाई, भैसी र बाख्रा पालन गरेका पौडेलले माछापुछ्रे भ्यू प्वाईन्ट फलफुल तथा नर्सरी केन्द्रमा करिब एक करोड बढी लगानी गरेको उनले जनाए । एमाले कास्कीको उपाध्यक्ष समेत भएका पौडेल, प्रदेश नम्बर ४ का निर्वाचन कमिटि सचिव हुदै क्षेत्र नम्बर ३ अन्र्तगत प्रदेश नम्बर २ बाट एमालेका प्रत्यासि उम्मेदवारका दावेदारका रुपमा आफुलाई प्रस्तुत गरेको समेत उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button