तिलिचो ताल भ्रमण गर्ने बढे

पोखरा न्युज ।

विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

दशैँ तिहारको बिदाको समय सदुपयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको हो । तिलिचो समुद्री सतहदेखि चार हजार ९१९ मिटरको उचाइमा अवस्थित छ । तालसम्म पुग्न हिमाली जिल्ला मुस्ताङबाट मेसोकोन्दा हुँदै छोटो पदमार्ग तयार भएपछि त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको ठिनीका स्थानीय वीरेन्द्र थकालीले बताउनुभयो ।

“ठिनी हुँदै तिलिचो जान सकिन्छ । अहिले विद्यार्थीका पाँच-छ समूह तथा विभिन्न ट्रेकिङ एजेन्सीमार्फत आन्तरिक पर्यटक आएका छन्”, उहाँले भन्नुभयो, “बीच–बीचमा पदमार्गलाई केही व्यवस्थित बनाउनुपर्ने देखिएको छ ।” अहिले तिलिचो ताल पुग्ने पदमार्गअन्तर्गत याकखर्कमा अस्याथी बासका लागि टहरा निर्माण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयले दुई आव गरी विभिन्न स्थानमा होर्डिङ बोर्ड, पदचिह्न राख्नेजस्ता काम गरिसकेको छ ।

चालू आवका लागि एक्यापले रु १० लाख बजेट छुट्याइएको कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । “पदमार्ग खुलेलगत्तै धेरै पर्यटक तालमा पुग्न थालेका छन् । यो सकारात्मक पक्ष हो”, उहाँले भन्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button