जाजरकोटमा अनुभव नभएका सहचालकले जीप चलाउँदा दुघर्टना, दुई घाइते

पोखरा न्युज ।

यहाँको त्रिवेणी नलगाड–८ वगारामा रा१ज ४२७ नंको जिप पल्टिदा दुईजना घाइते भएका छन् ।

घाइते वडा ८ मन्मैका टीकाराम केसी र सहायक चालक रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।

बगाराबाट मन्मै जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । अनुभव नभएका सहायक चालकले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयवासीले बताएका छन् । प्रहरी चौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button