शनिबार पोखरामा नेपाल आईडलका विजेताहरुको कन्सर्ट हुने

पोखरा न्युज ।

नेपाल आइडलका विजेता तथा उपविजताहरुको भोलि पोखरामा पप कन्सर्ट हुने भएको छ । मुन्टेज इन्टरनेशनलको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उक्त कन्सर्ट शनिबार हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, उत्कृष्ट १० प्रतिस्पर्धीमध्येका सन्ध्या जोशीको समेत प्रस्तुती रहने भएको छ । कलाकारहरुले करिब ३ घण्टासम्म दर्शकहरुलाई भरपुर्ण मनोरन्जन दिने भएको मुन्टेज इन्टरनेशनलका निर्देशक रोसन पराजुलीले बताए । उनका अनुसार एउटा कलाकारले कम्तिमा पनि ६ वटा गित प्रस्तुत गर्ने भएका छन ।

नेपाल आईडल भए पछि पोखरामा पहिलो पटक कन्सर्ट गर्न लागेकोले गर्दा आवश्यक सुरक्षा सहितको तयारी समेत पुरा भएको उनले जनाए । कार्यक्रम स्थलमा सीसी क्यामरा समेत जडान भएको छ भने दिउँसो २ बजे देखि गेट खुल्ला रहने भएको छ कार्यक्रम साँझ ५ बजे देखि सुरु हुने भएको हो । उक्त कार्यक्रममा प्रबेस गर्न दर्शकले ३ सय, ५ सय र एक हजारको प्रबेश शुल्कः लिनुपर्छ । कार्यक्रममा करिब १० हजार दर्शक भित्रिने आयोजकले अपेक्षा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button