दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई रु ५० हजार सहयोग

पोखरा न्यूज ।

गण्डकी मझौला मिनी ट्रक सञ्चालक समिति पोखराले सवारी दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ ।

स्याङ्जा दरौँ घर भएका शेषकान्त अधिकारीको गत भदौ १४ गते पोखरा–लेखनाथ महानगरपालिकाको बुढीबजारमा भएको दुर्घटनामा मृत्यु भएको थियो । ‌‍

ग१ख ३६० ( नं। को आफूले चलाएको ट्रकलाई विपरीत दिशाबाट आएको ना६ख २३८) नंको ट्रकले सडकमा परेको खाल्टो छल्न खोज्दा शेषकान्तले चलाएको ट्रकमा ठोक्किएर उनीको स्टेरिङमै च्यापिएर मृत्यु भएको थियो ।

समितिका अध्यक्ष दयाराम भारतीले मृतक चालककी श्रीमती भगवती अधिकारीलाई आज एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गर्नुभएको हो । मृतकका श्रीमती र दुई नाबालक छोरा छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button