जैवीक विषादी प्रयोग गर्न तनहुँका किसानहरुलाई सुझाब

पोखरा न्युज ।

कृषि बालीमा विषादीको प्रयोग कम गर्न कृषि विज्ञहरुले किसानलाई सुझाब दिएका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराको आयोजनामा तनहुँको आबु २ बरादीमा भएको एक दिवसीय गोष्ठीमा सो सुझाब दिएको हो ।

मिलिजुली कृषि उत्पादन सहकारी सस्थाको सहकार्यमा भएको कार्यक्रममा बोल्दै क्षेत्रीय बाली संरक्षण प्रयोगशाला प्रमुख एवं बरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर रानाले बालीनालीमा रोग किरा देखियो भन्दैमा जथाभावी रासायनिक विषादी प्रयोग गर्न नहुने बताउनु भयो । विषादीको प्रयोग गर्नेपर्नेभए जैविक विषादी प्रयोग गर्नुपर्ने सुझाब दिनु भयो । रासायनीक बिषादीले मानब स्वास्थ्य,बातावरण,इकोसिस्टम,अर्थतन्त्र लगायतमा असर गर्ने उहाँको भनाई थियो ।

बालि संरक्षण अधिकृत शिवराज बरालले कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ३१.५ प्रतिशत योगदान रहेको बताउदै नेपालमा सत्रु जिवहरुले ३५प्रतिश नोक्सानी गरेको बताउनु भयो । रासायनिक विषादीको अत्यधिक प्रयोगबाट वायू, जल,तथा भूमी प्रदुषण भै पर्यावरणमा नकरात्मक असर तथा उत्पादन लागतमा बृद्धि हुने बताउनु भयो ।

मिलिजुली कृषि उत्पादन सहकारी सस्थाका अध्यक्ष इश्वर बहादुर गौलीले आफुहरुले विषदीको प्रयोग ज्यादै न्युन गरेको बताउनु भयो । उहाँले अहिले किसानहरुले रासायनीक विषादी भन्दा प्राकृतिक विषादी प्रयोगमा जोड दिएको बताउनु भयो । उहाँले आफ्नो सहकारीले मात्रै एक बर्षमा ६८ लाखको तरकारी विक्रि गरेको बताउनु भयो ।

त्यस क्षेत्रका ३० जना कृषकहरुको सहभागीता रहेको गोष्ठीमा बोल्ने किसानलेहरुले आफुहरुले उत्पादन गरेको तरकारी विषादी रहित हुने हुदा बजारमा बढि माग हुने गरेको बताएका थिए । कार्यक्रममा क्षेत्रीय बालि संरक्षण प्रयोगशालाका प्राविधिक साहायक घनश्याम गैरेले आफ्नो कार्यलयले सचेतना मुलक कार्यक्रम अन्तरगत बढि तकारी उत्पादन हुने क्षेत्रमा कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button