राजधानीबाट पाँच हजार थान पटका बरामद

पोखरा न्युज ।

महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न भागबाट रु २८ लाख ५० हजार मूल्य बराबरको पाँच हजार थान पटका बरामद गरेको छ ।

नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै प्रहरीले पटाका बेचबिखन गर्ने तथा पड्काउने व्यक्तिमाथि निगरानी बढाएको हो । परिसरले आज पत्रकार सम्मेलन गरी गोँगबु, गौशाला, असन, थानकोट, कालीमाटी, कोटेश्वर, बानेश्वर, कमलपोखरी, महाराजगञ्जलगायत क्षेत्रबाट चार हजार ९३३ थान पटाका बरामद गरेको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रवक्ता रामदत्त जोशीले जनसेवाबाट १६, लैनचौरबाट दुई, सिंहदरबार एक, स्वयम्भूबाट एक, कालिमाटीबाट दुई, गौशालाबाट एक, कोटेश्वरबाट एक, कपनबाट एक र गोँगबुबाट दुई पोका पटाका बरामद गरेको जानकारी दिनुभयो । “ठूलो परिणाममा पटाका कारोबार गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएका छौँ,”–उहाँले भन्नुभयो ।

बरामद गरिएका पटकामा झिरझिरे, सुतली, माल टावर, रोल क्याप्स, रकेट, मेषा डिल्कस, मल्टा वारुद, रिंग क्याप, खुर्सानी पटकालगायत रहेको परिसरले जनाएको छ । बरामद गरिएको पटकालाई परिसरमा पानी हालेर नष्ट गरिएको छ ।

यसैगरी परिसरले जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बत्तीसपुतलीको अग्र्यानिक चुलो रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु ११ लाख ५५ हजार ८४१ नगदसहित मंगलबार पक्राउ गरेको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button