तनहुँमा खुकुरी प्रहार गर्ने दुई जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता

पोखरा न्युज ।

गत शुक्रबार तनहुँको व्यास नगरपालिका–१० सेवरस्थित एक होटलमा बसिरहेका युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनाविरुद्ध प्रहरीले आइतबार ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेकोे छ ।

सोही ठाउँका २५ वर्षीय सुमन तिमल्सेनालाई खुकुरी प्रहार गरी घाइते बनाउने वडा नं १० का २१ वर्षीय पदम भुजेल र १८ वर्षीय सनम गुरुङलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको छ जोशीले भन्नुभयो । उक्त दिन घर नजिकैको होटलमा बसिरहेका तिमल्सेनालाई दुई युवकले एक्कासी खुकुरीले आक्रमण गरेका थिए । उनको दाहिने हातको औँलामा चोट लागेको र टाउकामा गरिएको प्रहार तिमल्सेनाले रोकेको बताइएको छ । खुकुरी प्रहार भएकै दिन राति ती दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button