मुस्ताङमा आठजनाको उम्मेदवारी

पोखरा न्युज ।

आगामी मंसिर १० गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मुस्ताङमा आइतबार आठजना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधि सभामा एमालेका प्रेमप्रसाद तुलाचन र काँग्रेसका रोमी गौचन थकालीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी लोमान्थाङ र दालोमे गाउँपालिका समावेश भएको प्रदेश सभा क्षेत्र नं १ मा एमालेका इन्द्रधारा विष्ट र काँग्रेसका मिङगुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बाह्गाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकालाई समेटेको प्रदेश सभा क्षेत्र नं २ मा एमालेका महेन्द्र थकाली, काँग्रेसका छिरिङ धावा गुरुङ, राप्रपाका नरबहादुर हीराचन र राप्रपा प्रजातान्त्रिकका प्रवीन शेरचनले उम्मेदवारी दर्ता गर्नुभएको छ । नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा २३ वटा मतदान केन्द्र रहेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button