असिनापानीले धादिङमा धानबाली नष्ट

पोखरा न्युज  ।

शनिबार राति हुरीतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमागाउँमको धानबाली नष्ट भएको छ ।

नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।

चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झरयो । धान काट्दै गरेका र काटन बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो ।

काट्नेबेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button