पोखरामा विद्यालयस्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने

पोखरा न्युज ।

मंसिरको पहिलो साता पोखरामा विद्यालयस्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला बास्केट बल संघको आयोजना र कर्णेल जे.पी. क्रसको मूख्य प्रायोजनमा मंसिरको ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालामा १५ औं संस्करणको छात्रछात्रा बास्केट बल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए। अध्यक्ष सेनका अनुसार प्रतियोगितामा छात्रतर्फ १७ र छात्रातर्फ १५ विद्यालयले सहभागिता जनाउने भएको छ।

छात्रछात्रा दुबैतर्फ प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुने टिमले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताको हाइस्कोरर र बेष्ट प्लेयरका लागि आकर्षक पुरस्कार रहेको अध्यक्ष सेनले बताए।

संघद्धारा मंसिरको ३ गते साँढे दुईबजेभित्र टिम दर्ताका लागि अन्तिम समय तोकेको छ। उक्त दिनको तीन बजे सहभागी टिमको टाइशीट पोखरा रङ्गशालामा प्रकाशित गर्ने संघले जनाएको छ। कर्णेल जे.पी. क्रसले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

१४ औं संस्करणको प्रतियोगितामा छात्रतर्फ बालकल्याण स्कूल च्याम्पियन तथा माउण्ट अन्नपूर्ण सेकेण्ड रनर अप बनेको थियो।त्यसैगरी, छात्रातर्फ टप्स स्कुल च्याम्पियन तथा माउण्ट अन्नपूर्ण सेकेण्ड रनर अप बनेको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button