कास्कीको कालिकालाई पर्यटकीय केन्द्रको नमुना बनाउने मनबहादुरको प्रतिवद्धता

पोखरा न्युज । 

बाम गठबन्धनका साझा उम्मेदवारहरुले आज पनि चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम जारी राखेका छन् ।

घरदैलो अन्र्तगत बाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार मन बहादुर गुरुङले क्षेत्र नं १ को प्रदेश सभा ख का कालिका लगायत विभिन्न ठाउँहरुमा चुनावी अभियान तीब्र पार्नुभएको छ ।

विहान आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले कालिका क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकाश गर्ने प्रतिवद्धता जनाउनुभयो । “मलाई कालिका ले नै राजनीति सिकाएको हो, यो ठाउँको विकाशलाई नमुनायोग्य बनाउने छु, कास्कीका ६ वटा क्षेत्रमध्ये उत्कृष्ठ बनाउने प्रतिवद्धता व्यक्त गर्दछु” गुरुङले भन्नुभयो ।

घरदैलो कार्यक्रममा एमाले निर्वाचन परिचालन समन्वय कमिटिका सदस्य बैन बहादुर क्षेत्री, नेता हरि त्रिपाठी लगायतले पनि बोल्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button