जनमुखी सरकार अरुबाट सम्भब छैन – रबिन्द्र अधिकारी

पोखरा न्युज । 

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि कास्की क्षेत्र न २ बाट उम्मेदवार रहेका रबिन्द्र अधिकारीले जनमुखी सरकार बाम गठबन्धन बाहेक अरुबाट सम्भब नरहेको बताएका छन । निर्बाचन अभियान अन्तर्गत सोमबार पोखरा लेखनाथ वडा न १५ मा आयोजित कोणसभामा बोल्दै अधिकारिले सो कुरा बताएका हुन। अधिकारीले देस अब बामपंथीमय भैसकेको भन्दै कुनै तागतले पनि पनि अब बहुमत रोक्न नसक्ने भन्दै बहुमत सहितको सरकारका लागि जनता आफै लागि परेको जिकिर गरे ।

आगामी निर्बाचनले रास्ट्रबादी र रास्ट्रघातिको कित्ताकाट गर्ने भन्दै उनले अबको यात्रा समृद्धि बाहेक अरु केही नहुने बताए। जब देस सम्बृद रहन्छ सबै रहने हो , रास्ट्र नै नरहे कसरी हामी नागरिक ? भन्दै अधिकारीले देस बचाउने एक मात्रै समाधान बामपंथी गठबन्धन भएको जिकिर गरे।

अधिकारीले पोखरा लेखनाथ वडा न २१ निर्मल पोखरीका विभिन्न टोलमा जनतासंग भेट्घाट गरेको जनाइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button