सहि पार्टी र नेता नहुनाले देश भुमरीमा – जगत

पोखरा न्युज ।

कास्कीको क्षेत्र नं ३ का प्रतिनिधी सभाका वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले विगतका चुनावमा जनताले सहि पार्टी र नेता नछानेकै कारण अहिले सिंगो देश नै भुमरीमा परेको बताएका छन् । वाम गठबन्धनको चुनावी अभियान अन्तर्गत सोमवार अन्नपूर्ण गाउँपालिकाको दाङसिङको मोहोरियामा आयोजित चुनावी सभामा उनले नौ-नौ महिनामा सरकार फेरिएकाले देश विकास नभएको बताउँदै अव बन्ने वाम गठबन्धनको सरकार स्थायी हुने बताए ।

उनले दुई तिहाई बहुमत सहितको वाम गठबन्धनकोे स्थायी सरकारले देशमा विकासको ढोका खोल्ने भनाई राखे । त्यसकारण पनि वाम गठबन्धनका साझा उम्मेदवारलाई सुर्य र गोलाकारभित्रको हसियाँ हथौडामा मत दिन उनले आग्रह गरे ।

अहिले संविधानमा नमिलेका कुराहरुलाई पनि मिलाएर जनताका भावना र इच्छालाई बुझेर अगाडी बढ्ने प्रतिबद्धतासहित केन्द्र र प्रदेशबाट घोषणापत्रमा राखिएका कुरालाई पूरा गर्ने उनको भनाई थियो । उनले अहिले कसलाई प्रधानमन्त्री, मन्त्री र सांसद बनाउने भन्ने निर्वाचन नभएकोले अवको उद्देश्य भनेको समृद्ध नेपाल बनाउने रहेको बताए ।

कार्यक्रममा बोल्दै अर्का उम्मेदवार राजिव पहारीले आफु फेवातालको काखमा जन्मिएको र अन्नपूर्णसँग जोडिएर समग्र पोखराको आर्थिक विकासमा लाग्ने विश्वास दिलाए । पर्यटकीय क्षेत्र घान्दु्रकमा उच्च शिक्षा, मोटर बाटो लगायतका पूर्वाधार विकासका लागि पर्ने उनकोे भनाई थियो ।

कार्यक्रममा अर्का समानुपातिक उम्मेदवार सीता गिरी ओलीले यस क्षेत्रको कृषि, पर्यटन, सडक निर्माण लगायत विकास निर्माणाका कार्यहरुमा भरपुर सहयोग गर्ने बताईन् ।

कार्र्यक्रममा अनेरास्ववियुका अध्यक्ष शेखर गौतम, नेताहरु सुर्य भण्डारी, विवेक देवकोटा, भरत गुरुङ, धर्म गुरुङ, गोविन्द अधिकारी, बुद्धिमान गुरुङ, विष्ण केसी, माधव बास्तोला, सुरेन्द्र गुरुङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button