आठौ संस्करणको पोखरा महोत्सवका ९० प्रतिशत स्टल बुकिङ

पोखरा न्युज  ।

पोखराको अमरसिंह चौरमा आयोजना हुने आठौं संस्करणको पोखरा महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको छ । आगामी पुसको २७ देखि माघ ८ गते सम्म युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक तथा युनाइटेड क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

२ सय २० वटा स्टल रहने पोखरा महोत्सवमा ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भइसकेको र बांकी रहेका स्टलमा पर्यटन प्रवद्र्धन सम्बन्धी स्टल राख्न चाहनेहरुका लागी निशुल्क स्टलको ब्यवस्था समेत मिलाइने तिमिल्सिनाले वताए । सोमबार युनाइटेड क्लवका द्धितिय उपाध्यक्ष तथा आठौ पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमितीका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले महोत्सव सभ्य र भब्य रुपमा सफल बनाउनका लागी आन्तरिक ब्यवस्थापन चुस्त र दुुरुस्त राख्ने निर्णय गरेको सचिवालय ब्यवस्थापन उपसमिती संयोजक थापाले जानकारी दिए ।

महोत्सवमा सुरक्षाको कुनैपनि कसुर बांकी नराख्ने गरी सुरक्षा उपसमितीको समेत बैठक सम्पन्न भएको छ । महोत्सव अवधिभर कुनैपनि अप्रिय घटना तथा अबान्छनीय क्रियाकलाप हुन नदिनका लागी शुरक्षा उपसमितीले विभिन्न सुरक्षा निकाय संग समन्वय गरी महोत्सवलाई सुरक्षित तवरले सम्पन्न गराउने निर्णय गरेको सुरक्षा उपसमिती संयोजक कृष्ण थापा मगरले जानकारी दिए ।

सोमबार सम्पन्न उपसमितीको बैठकलाई सम्बोधन गर्दै महोत्सव मुल समारोह समितीका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले महोत्सव पोखराकै बिकासका लागी आयोजना गरिने भएकाले महोत्सवका लागी गठित उपसमितीहरुलाई महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागी एकजुट भएर लाग्न समेत आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button