चुनावी सभामै ढले जनवादी गायक खुसीराम पाख्रिन

पोखरा न्युज ।

जनवादी गायक खुसीराम पाख्रिन भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको छ ।

चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनको अहिले नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीतसमेत गाएका थिए ।

स्रोत : अनलाइनखबर https://www.onlinekhabar.com/2017/11/640835

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button