मिजार समाज कास्कीद्वारा मिजारहरूलाई जिताउन आग्रह

पोखरा न्युज ।

मिजार समाज नेपाल जिल्ला समिति कास्कीले मिजार समाजबाट आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उठेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेको छ । समाजका अध्यक्ष उमेश सिकेले विज्ञप्ति प्रकाशित गरी नेपाली समाजलाई रुपान्तरण गर्न र जातीय मुक्तिका लागि मिजार उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका हुन् ।

कास्कीमा संघीय समाजवादी फोरम नेपालले ४ जना उम्मेदवार मिजार समाजका सदस्यलाई बनाएको छ । संघीय फोरम कास्कीले डिलबहादुर नेपालीलाई प्रतिनिधिसभा र चिनबहादुर नेपालीलाई प्रदेशसभा उम्मेदवार बनाएको छ । यस्तै, सोही पार्टीबाट रामबहादुर नेपाली प्रतिनिधिसभा र तारा नेपाली प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button