“पटक पटक रुखमा भोट दियौं केही गरेनन्, यसपटक वाम गठबन्धनलाई भोट दिन्छौं”

कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड ५, लुयरा सल्यानका वासिन्दाहरुले एउटै स्वरमा भने—“पटक पटक रुखमा भोट दियौं केही गरेनन्, यसपटक वाम गठबन्धनलाई भोट दिन्छौं ।”

संयुक्त वाम गठबन्धन कास्की क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगत विश्वकर्मा र कास्की ३ प्रदेश सभा ख का उम्मेदवार राजीव पहारीको प्रचारप्रसार अभियानमा लुयरका पुग्दा त्यहाँ वासिन्दाले उम्मेदवारलाई यसरी आश्वस्त पारे ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभा उम्मेदवार विश्वकर्माले गाउँको विकासको लागि गाउँकै व्यक्तिले केन्द्रमा प्रतिनिधित्व गर्नुपर्ने बताए । यसो हुन नसकेको खण्डमा गाउँमा आउने वजेट गाउँको विकासमा नभई अन्यत्रै जाने भन्दै आफ्नो ठाउँको व्यक्तिलाई मत दिएर विजय गराउँन उनको आग्रह छ । प्रचार अभियानकै क्रममा दलित वस्तीमा पुगेका उनले दलितका मुद्धालाई आफुले प्राथमिकतामा राखेर काम गर्ने बताए । दलित भएकै कारण पिछडिएको बस्तीलाई आफुले माथि उठाउन पहल गर्ने र हालै देखिएका वस्तीका समस्याको समाधानमा तुरन्तै लाग्ने उनको भनाई छ ।

कार्यक्रममा कास्की ३ प्रदेश सभा ख का उम्मेदवार राजीव पहारीले आफुले यस क्षेत्रको विकासका लागि सदैव तयार रहने बताए । वामगठबन्धनकी समानुपातिक उम्मेदवार दुर्गा विकले दलितले भोग्नुपरेका समस्याहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन् । उनले देशमा जारी भएको संविधानको अक्षरंश कार्यान्वयन गर्नका लागि पनि वाम गठबन्धनका उम्मेदवारहरुलाई सुर्य र हसियाँ हथौडामा मतदान गरी दुई तिहाई बहु मतले जिताउँन आग्रह गरिन् । कार्यक्रममा वाम गठबन्धन चुनाव प्रचार प्रसार संयोजक एवं नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले अहिलेको चुनावमा वाम गठबन्धनको बुहमत आईसकेको बताउँदै दुई तिहाई मतको ल्याउनको लागि सम्पूर्ण गाउँवासीलाई वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

प्रचार प्रसार कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द अधिकारी, नेकपा एमाले साविक क्षेत्र नम्वर ४ का अध्यक्ष विष्णु केसी, जमान सिंह, नेकपा एमाले प्रदेश नम्वर ४ विभाग सदस्य बुद्धिमान गुरुङ, जिल्ला सल्लाहाकार परिषदका सदस्य दुर्गादत्त ढुङाना, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दिपेन्द्र गिरी, नेकपा एमाले क्षेत्रीय सचिवालय सदस्य महेश्वर दवाडी, अर्जुन केसी, विजय केसी, बलराम विक, अनेरास्ववियु केन्द्रिय सदस्य आर्शिवाद सुवेदी, भरत गुरुङ कोने र अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष शेखर गौतमको टोलीसहित ढावा, झोवाङ, गिरीचोक, नयाँपुलमा पुगि घरदैलो अभियान सम्पन्न भएको छ ।

कोणसभाको अध्यक्षता चुनाव प्रचार प्रसार समिती वडा नम्वर ५ का संयोजक दानबहादुर केसीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button