एउटा व्यक्तिले कसरी पुरै गाउलेलाई एकै रातमा धनाड्य बनाइदिए ?

एक जना व्यक्तिको कारण एउटा गाउँ नै सम्पन्न हुन्छ । गाउँलेहरु सबै धनाड्य हुन्छन् । उनीहरुको जीवनस्तर उकासिन्छ । फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि यो संभव रहेछ ।

प्रसंग हो, स्पेनको । त्यहाँको एउटा सानो गाउँ रातारात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामूहिक चिट्ठा परेको होइन । बरु, त्यही जन्मेका एक अर्बपतिले आफुसँग भएका सबै सम्पति गाउँभरीका मानिसलाई भाग लगाइदिएका हुन् । उनीसँग अर्बौ रुपैयाँ थियो । त्यो पैसा गाउँका हरेक घर परिवारलाई बाढे । यसरी एउटा सानो गाउँ रातारात करोडपति भयो ।

गाउँको नाम हो, सिरिजेल्स डेल कोन्डान्डो । र, मनकारी अर्बपतिको नाम हो, एन्टोनिनो फर्नाडिज । उनी चर्चित कोरोना बीयर कम्पनीका मालिक थिए । हुन त उनको मृत्यु भइसकेको छ । मृत्युअघि उनले आफुसँग भएको सबै पैसा गाउँभरको मान्छेलाई दिने भएछन् । यो खबर सुनेर गाउँका मान्छेले केहि क्षण त विश्वास गरेनन् । तर, नपत्याइ धरै भएन । ति धनाड्यले अरु सबैलाई धनाड्य बनाइदिए ।

अहिले स्पेनकै सर्बाधिक धनी गाउँको रुपमा यो गाउँ चर्चित छ । मिडिया रिपोर्ट अनुसार यसरी भागबन्डा लगाउँदा त्यहाँका हरेक व्यक्तिको नाममा करिब ३० करोड रुपैयाँभन्दा बढी प्राप्त भयो । धनाड्य एन्टोनी गाउँलाई एकदमै माया गर्ने व्यक्ति थिए । उनी त्यहाँका हरेकलाई सहयोग गर्थे । गाउँका बच्चाहरु एन्टोनीकै कारण पढ्न जान्थे ।

स्रोत : अनलाइनखबर https://www.onlinekhabar.com/2017/11/642290

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button