पोखरामा एन प्याब्सन कास्कीको बृहत शैक्षिक प्रर्दशनी हुने

नेशनल प्याब्सन कास्कीले यही मंसिर २९ देखि पौष २ गते सम्म पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा बृहत शैक्षिक प्रर्दशनी एवं विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता गर्ने भएको छ ।

“एन प्याब्सन कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यवहारीक ज्ञान” भन्ने मुल नाराका साथ सञ्चालन हुन गइरहेको सो तिन दिवसीय बृहत शैक्षिक प्रर्दशनीमा भाषा, विज्ञान तथा प्रविधि, गणित, सामाजिक शिक्षा र पूर्व प्रा.वि. गरी पाँच विधा समावेश हुन गइरहेको र सो बृहत शैक्षिक प्रर्दशनीमा हरेक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई पुरस्कृत गर्ने कुरा नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले बताउनुभयो ।

४५ विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक लगायत ५०,००० दर्शकले मेलाको अवलोकन गर्ने कुरा कार्यक्रम संयोजक तथा सह—क्रियाकलाप प्रमूख शिवदत्त तिवारीले बताउनुभयो । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रश्फुटन गराउदै मुलतः विद्यार्थीहरूले हासिल गरेको ज्ञानलई व्यवहारीक रूपमा प्रस्तुत गर्ने उद्देश्यले उक्त बृहत शैक्षिक प्रर्दशनीको आयोजना गरिएको हो । सो कार्यक्रमको साथमा नेपाली कला र लोक संस्कृतिको संरक्षण एवं संवद्धन गर्ने हेतुले विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता समावेस गरी कार्यक्रमलाई अझ उत्कृष्ठ तथा मनोरञ्जनात्मक बनाउने कुरा सचिब मनकाजी गुरुङ्गले बताउनुभयो ।

विद्यार्थीहरूको शिक्षण क्रियाकलापमा सहयोग पु¥याउने गरी विद्यार्थीहरूबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रम अन्तर्गतका स्थानिय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामागी्रहरू उक्त शैक्षिक प्रर्दशनीमा प्रर्दशन गरिने छन् । नेशनल प्याब्सन कास्कीद्वारा आयोजित सो शैक्षिक प्रर्दशनीको अवलोकनको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शुभचिन्तक, नागरिक समाज, पत्रकार एवं सरोकारवालाहरूलाई अनुरोध गरिएको र कार्यक्रमको प्रवेश निशुल्क रहेको कुरा अध्यक्ष रामबहादुर मोचीले बताउनुभयो । सो कार्यक्रममा सम्पूर्ण विद्यालयहरूले प्रस्तुत गरेका सबै विधाहरूको मूल्याङ्कन पश्चात सबैभन्दा बढि अंक प्राप्त गर्ने तिन वटा विद्यालयहरूलाई पनि सर्वोत्कृष्ट पुरस्कारले पुरस्कृत गर्ने कुरा पुरस्कार व्यवस्थापन समीतिका संयोजक भीमप्रसाद न्यौपानेले बताउनुभयो ।

व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई आत्मसाथ गर्दै २०७१ सालमा पहिलो बृहत शैक्षिक प्रर्दशनीको ऐतिहासिक सफलतापछि नेशनल प्याब्सन कास्कीले दोस्रो संस्करणको रूपमा यो बृहत शैक्षिक प्रर्दशनीको आयोजना गर्न लागेको हो । विद्यार्थीहरूद्वारा निर्मित सामाग्रीहरुको विद्यार्थीहरुबाटनै प्रस्तुत गरीने उक्त कार्यक्रमले समग्र शैक्षिक क्षेत्रमा अभिप्रेरणा तथा नया आयाम थप्ने अपेक्षा गरीएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button