पोखरामा मंसिर २५ र २६ गते हुने पर्वतीय महोत्सवको तयारी पूरा

पोखरामा हुने पर्वतीय महोत्सवको तयारी पूरा भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा यही मंसिर २५ र २६ गते उक्त महोत्सवको तयारी पुरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

महोत्सवमा करिब २५ वटा स्टलहरु रहने भएको महोत्सव निर्देशक कुसल गुरुङले बताए । महोत्सवमा पर्वतीय जनजिविका झल्कने, पर्वतीय क्षेत्रको कला संस्कृति र खेलकुदको प्रवद्र्धन गर्न पनि उक्त महोत्सवलाई यस बर्ष निरन्तरता दिने भएको निर्देशक गुरुङले बताए । ज्ञान, प्रविधि, सुचना मुलक सहितका हिमाली क्षेत्र देखि पर्वतीय क्षेत्रको कला संस्कृति र खानपिनलाई समेत महोत्सवमा प्रर्दशन गरिने भएको उनले जनाए ।

 

प्रबेश शुल्क सहित स्टलहरु समेत निःशुल्क उपलब्ध हुने आयोजकले जनाएको छ । महोत्सवमा छेलो प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा पुरस्कारको व्याबस्था गरिएको कालाभाङ घडेरी समाजका अध्यक्ष दुर्गा गुरुङले बताए । समाजले उक्त प्रतियोगिताको व्याबस्थापन गरेको हो । विजेताले १० हजार उपविजेताले ७ हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ ।

त्यसै गरी महोत्सवमा खुल्ला क्लाम्बिङ, आर्चरी (तारा) खेल, साईकल र्याली लगायतका कार्यक्रमहरु हुने भएको संघका केन्द्रिय महासचिव कुल बहादुर गुरुङले बताए । महोत्सवमा पुर्वको किराँती र पश्चिमको कर्णालीको खानाको परिकार समेत ल्याउने भएको छ । महोत्सवमा किराँत, शेर्पा, गुरुङ, थकाली, मगर, लगायतका जातिहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ । पोखराको पर्यटन क्षेत्रलाई माथि उकास्न यस्तो महोत्सवले धेरै टेवा पुराउने भएको संघ अन्नपुर्ण च्याप्टर पोखराका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले बताए ।

महोत्सवमा हिमाली क्षेत्रमा प्रयोग भएका र अनुसन्धान गरिएका प्रविधि, ज्ञान र अन्वेषणलाई अवलोकन गर्न पाइने गरी सेमिनार समेत हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button