पोखरा स्टेडियम बनाउन दुई देशका ६ कम्पनीले खरीद गरे टेण्डर

धन बस्नेत । 

पोखरामा फुटबल मैदानसहितको प्यारापिट निर्माण गर्न निकालिएको ग्लोबल टेण्डरमा दुईदेशका ६ कम्पनीले टेण्डर खरीद गरेका छन् । चीनका चार र भारतका दुई कम्पनीले टेण्डर खरीद गरेका हुन् । खरीद गरिएको एकसाताभित्रमा टेण्डर स्वीकृत गरिने छ ।

टेण्डर स्वीकृतको एकमहिनाभित्रमा सम्झौता गरी काम अगाडि बढ्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

“एकसाताभित्रमा टेण्डरको सबै प्रक्रिया टुगिंन्छ ।”उनले भने–“एक महिनाभित्र सम्झौता गरी काम अगाडि बढाउने छौं ।” उनका अनुसार फागुनको पहिलो सातादेखि काम शुरु हुने छ । एकसाताभित्र टेण्डर प्रक्रिया सकिएपछि भईरहेका दुई प्यारापिट भत्काउन शुरु गरिने समेत उनले सुनाए । प्यारापिट भत्काउन आवश्यक ४३ लाख बजेट समेत विनियोजन भईसकेको छ ।

आउँदो माघको दोस्रो साता मोफसलकै प्रतिष्ठित आहा गोल्डकपको १६ औं सस्करण हुदैं छ । १६ औं सस्करण अगावै दुई प्यारापित भत्किने सम्भावना बढ्दै गएको छ । “प्यारापिट भत्काउने छौं । तर मैदानलाई केही गरिदैन् ।” उनले भने–“अस्थायी प्यारापिट बनाई दर्शक राख्ने व्यवस्था मिलाउने आशा र विश्वास हामीले लिएका छौै ।”

[ad id=”10354″]

ग्लोबल टेण्डरको लागि यही मंसिर २२ गतेसम्म म्याद थियो । म्याद रहेकै अवस्थामा दुई देशका छ कम्पनीले टेण्डर खरीद गरेका हुन । डेढवर्षपछि पोखरामा सागका केही खेल सञ्चालनको लागि पनि टेण्डर प्रक्रिया छिटो टुग्याउनुपर्ने खाँचो छ । इच्छुक कम्पनीले टेण्डर खरीद गरेपछि मात्रै फाईनल बिडिङ गरी सम्झौता गरिने उनले सुनाए ।

फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । पछिल्लो समय अन्तराष्ट्रिय क्षेत्रमा प्यारापिट “स्टिल स्ट्रक्चर”मा निर्माण हुदैं आएको छ । जुन सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने देखिन्छ । प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार ( १० प्रतिशत तलमाथि हुने) टेण्डरमा उल्लेख छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने इन्जिनियरहरुको भनाई छ ।

ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ । फुटबल मैदानसहित प्यारापिट बनाउन राखेपले पहिलो किस्ता स्वरुप १७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । मैदानसहितको प्यारापिट एवं एथलेटिक्स ट्रयाकको लागि ८५ करोड बजेट लागत अनुमान गरेको छ ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलुद प्रतियोगिता पोखरा आयोजना हुदाँ फुटबल मैदान, दर्शक प्यारापिट, व्याडमिन्टन कर्भड हल, मार्शल आर्ट हल निर्माण गरिएको थियो । जुन भूकम्पले जीर्ण बनाईदिएको छ । बहुउद्देश्यीय कर्भड हल(निर्माणाधिन), चारवटा कोर्टसहितको व्याडमिन्टन कर्भड हल(निर्माणाधिन) भलिबल प्रशिक्षण केन्द्र, पाँच टेनिसकोर्ट, स्केट पार्क, क्रिकेट मैदान तथा आर्चरी मैदानले पोखरा रंगशालाको मुहार फेरिदैं छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button