सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी

 

प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ ।

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ । श्रेष्ठले २५ हजार ७५० मत पाउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button