पोखरामा पर्वतीय महोत्सव सम्पन्न, गुरुङद्धारा छेलो प्रतियोगितामा ह्याट्रिक

 

नेपाल पर्वतारोहण संघ (एनएमए) र अन्तराष्ट्रिय क्षेत्रिय म्युजियमको संयुक्त आयोजनामा पोखरामा संचालन भएको पर्वतीय महोत्सव मंगलबार समापन भएको छ । सोमबार देखि सुरु भएको दुई दिने सो महोत्सवको पर्यटन विभाग पर्वतारोहण महाशाखा निर्देशक सविन ढकालले समापन गर्दै सहासिक खेल गतिविधि प्रवद्र्धन गर्न पनि यस्ता महोत्सव आवश्यक भएको बताए ।

उनले भने “ पोखरा सहासिक खेल गतिविधिको केन्द्र हो, यहाँको पर्यटन प्रवद्र्धन गर्न सबै लाग्नु पर्छ, राज्यले यहाँको पर्यटन प्रवद्र्धन गर्न गरी सहज पार्न आवश्यक निती निर्देशन दिन सरकार तयार छ ।” पर्वतिय महोत्सव अन्य मेला र महोत्सव भन्दा फरक भएको महोत्सवमा सहभागिले पर्वतीय क्षेत्रको जनजिविका, खेलकुद, भेषभुष र प्राविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने गरी सिमित स्टलहरु राखेकोमा पर्यटक निकै रुचि पुर्वक सहभागि भएको महोत्सव निर्देशक कुशल गुरुङले बताए । नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्त विर लामाको अध्यक्षतामा समापन भएको कार्यक्रममा नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका निर्देशक सुर्य थपलिया, संघ अन्नपुर्ण च्याप्टर पोखराका सल्लाहकार डम्मर केसी लगायतले वोलेका थिए ।

महोत्सवमा पर्वतीय जनजिविका झल्कने, पर्वतीय क्षेत्रको कला संस्कृति र खेलकुदको प्रवद्र्धन गर्ने गरी विभिन्न २५ वटा स्टलहरु रहेका थिए । ज्ञान, प्रविधि, सुचना मुलक सहितका हिमाली क्षेत्र देखि पर्वतीय क्षेत्रको कला संस्कृति र खानपिनलाई समेत महोत्सवमा प्रर्दशन भएको हो। प्रबेश निःशुल्क रहेको महोत्सवमा छेलो प्रतियोगिता सम्पन्न भएको छ । छेलो प्रतियोगितामा स्याङजा टक्सारका निरज गुरुङले उपाधि जितेका छन । गुरुङले ४४ मिटर १० सेन्टिमिटर टाडा ११ किलो ५ सय ग्रामको ढुंगा फाली उपाधि जितेका हुन । उनले यस अघि लगातार दुई उपाधि जितेकोले यो उपाधि सहित उक्त प्रतियोगितामा ह्याट्रिक पुरा गरे ।

तमु धिले ल्होछार पर्वको अवसरमा आयोजना गर्ने छेलो प्रतियोगिताको समेत लगातार ५ पटकका विजेता हुन । वुल्स जिमका वडी विल्डरको रुपमा रहेका उनले पछिल्लो बर्ष देखि सहभागि हुने छेलोमा विजता हुदै आएकाछन। गुरुङ समुदायको परम्परागत खेल भएकोले आफु यसमा सानै देखि लागेको उनले बताए । स्याङजाकै सुमित गुरुङ दोश्रो र मिलन राई तेश्रो भएको कालाभाङ घडेरी समाजका अध्यक्ष दुर्गा गुरुङले बताए । समाजले उक्त प्रतियोगिताको व्याबस्थापन गरेको हो । विजेताले १० हजार उपविजेताले ७ हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरे ।

त्यसै गरी महोत्सवमा खुल्ला क्लाम्बिङ, आर्चरी (तारा) खेल, साईकल र्याली लगायतका कार्यक्रमहरु रहेको संघका केन्द्रिय महासचिव कुल बहादुर गुरुङले बताए । महोत्सवमा करिब ३० विदेशी सहित एक सय ५० जनाले आर्चरी खेलमा सहभागि भएको आर्चरी खेल संयोजक सुमित शेरचनले बताए । धेरै खेलाडीहरुले उक्त खेलमा रुचि देखाएको उनले जनाए । महोत्सवमा हिमाली क्षेत्रमा प्रयोग भएका र अनुसन्धान गरिएका प्रविधि, ज्ञान र अन्वेषणलाई अवलोकन गर्न पाइने गरी सेमिनार समेत भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button