पोखरामा हुने संगम कप फुटबल प्रतियोगितामा एपिएफ सहित २३ टिम

 

आगामी पुष १ गते देखि पोखरामा संचालन हुने छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ मा विभागिय एक टोली सशस्त्र प्रहरी वलको एपिएफ सहित २३ टिमको सहभागिता हुने भएको छ।

पोखराको संगम क्लवको आयोजनामा पुष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा एपिएफ सहित २३ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए । पुष एक गते हुने उद्घाटन खेलमा काजिपोखरी एफ.सी. बिरुद्ध हेमजा युनाईटेड क्लव बिच हुने भएको छ । दोश्रो खेल आर.टि.सेन्टर र हिल प्वाईन्ट स्कुल बिच हुने भएको छ । समुह एमा आयोजक संगम क्लव, काजिपोखरी, एपिएफ सहितका टिम रहका छन भने समुह बीमा ड्याम साईड क्लव, गौडाको मुख एफ.सी., सहारा क्लव लगायतका टिम रहेकाछन।

पर्यटन र खेलकुदको राजधानि बनाउने अभियानमा आफुहरुले विगत पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटवल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखि फुटवल खेलको विकासको लागि फुटवल प्रतियोगिता आयोजना गरेको अध्यक्ष मायाले बताए । प्रतियोगितामा विजेतालाई एक लाख २५ हजार, उपविजेतालाई ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

विगतका बर्र्ष देखि सहयोग गर्दैै आएको संगम एल.जी. हङकङ मुख्य प्रायोजक रहेकोछ । द्धितिय पुरस्कार प्रायोजकमा होटल कोस्ट लेकसाईडका ग्यारे गुरुङ र टेक बहादुर गुरुङ रहेका छन। यस प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको ,सहयोग गरेको सचिव शिव नेपालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button