पोखरामा खुल्यो ‘दि जाइन्ट फिटनेस एण्ड हेल्थ क्लब’

पोखराको बगरमा दि जाइन्ट फिटनेस एण्ड हेल्थ क्लब सञ्चालनमा आएको छ । युवा व्यवसायी तथा खेलाडी मनोज केसीले क्लब सञ्चालनमा ल्याएका हुन् । पचासौं एसियन बडी विल्डिङ च्याम्पियनसिपका पहिलो नेपाली गोल्ड मेडलिष्ट महेश महर्जनले बिहीबार एक कार्यक्रमका बीच क्लबको उद्घाटन गरेका थिए ।

क्लबले स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउन सक्ने महर्जनले बताए । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उनले भने, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ कार्यक्रममा बोल्दै कास्की जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष शंकरमान उदासले स्वास्थ्यका लागि फिटनेस क्लब महत्वपूर्ण रहने बताए ।

डि एण्ड एस कम्प्लेक्स ट्यास्कीचोक बगरमा सञ्चालनमा आएको क्लबका करिब १ करोड रुपैयाँ लगानी भएको सञ्चालक केसीले जानकारी दिए । फिटनेस क्लबमा मनोज केसी, राजकुमार केसी र निरज केसीको लगानी छ । ‘पुरुष र महिला दुवैलाई लक्षित गरी क्लब सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘नविनतम प्रविधिको प्रयोग गरी आधुनिक डिजाइनमा फिटनेस क्लब तयार गरिएको छ ।’

बिहान ५ बजेदेखि राती ९ बजेसम्म क्लब खुल्ला रहनेछ । २ जनाले नियमित रुपमा प्रशिक्षण दिने केसीले जानकारी दिए । ‘फिटनेस सम्बन्धी सम्पूर्ण अभ्यास क्लबमा हुन्छ,’ केसीले भने, ‘बगर क्षेत्रमा यसको माग भएकाले लगानी गरेका हौं ।’ लाहुरे ट्रेनिङका लागि कार्डियो अभ्यास पनि क्लबमा हुनेछ । क्लबमा आधुनिक उपकरणको जडान गरिएकाले फिटनेस सम्बन्धी भरपर्दो अभ्यास हुने केसी बताउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button