इनरह्वील अन्नपूर्णद्वारा भलामको विद्यालयलाई सामग्री वितरण

इनरह्वील क्लव अन्नपूर्णले पोखरा लेखनाथ महानगरपालिका–२० स्थीत भलामको आधारभूत विद्यालयमा अध्ययन गर्ने छात्र-छात्राको लागी कम्प्यूूटर, शैक्षिक र खेलकुदका सामग्री वितरण गरेको छ ।

वालवालिकाहरुलाई कम्प्यूटरको ज्ञान हुन अति आवश्यकरहेको वर्तमान अवस्थामा विद्यालय द्वारा प्रदान गरिने कम्प्यूटर शिक्षालाई सहयोग पुराउन र विपन्न परिस्थितीका वालवालिकाहरु अझैपनि शैक्षिक सामग्रीको अभावले विद्यालय छाड्न विवसहुने अवस्थालाई मध्यनजर राखेर वालवालिको शिक्षालाई निरन्तरता मा सहयोग पुराउन शैक्षिक सामग्रीह र अतिरिक्त क्रियाकलपको लागी खेलकुदका सामग्रीहरु समेत वितरण गरिएको कार्यक्रमका संयोजक तथा पुर्व अध्यक्ष लक्ष्मीदेवी शर्माले वताएकी छन् ।

क्लबका अध्यक्ष मिना आचार्यको अध्यक्षतामा सम्पन उक्त कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष ज्योती उदासले र स्वागत विद्यालका प्र.अ. कुल प्रसाद पौडेलले गरेका थिए । कार्यक्रमा शिक्षक अभिभावक संघका अध्यक्ष गणेश बहादुर वि.क., हरिहर भक्ती आमा समुहका अध्यक्ष सरस्वती गौतम, क्लबका संस्थापक अध्यक्ष तथा इनरह्वील डिष्ट्रीक ई.एस.ओ. सरशिज पालिखे लगाएतका वक्ताले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button