पोखरामा आयोजित किरण खड्का स्मृति सेभेन-ए साईड फुटबल प्रतियोगिताबाट ९ लाख बचत

 

प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता २०७४ बाट ९ लाख ३४ हजार २ सय ७० रुपैया बचत भएको भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १२ स्थित शितल ज्योति युवा क्लवको आयोजनामा पोखरामा गत भदौं १७ देखि २४ गतेसम्म संचालन भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको प्रतियोगितका आर्थिक संयोजक राजकुमार गुरुङले बताए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न स्वदेश तथा विदेशबाट एंव प्रयोजकहरुबाट गरी २० लाख १७ हजार ७ सय ५१ रुपैया आम्दानी भएको आर्थिक संयोजक गुरुङले बताए । बचत भएको रकम क्लवले समय परिस्थिती अनुसार समाजिक क्षेत्रमा खर्च गर्ने भएको क्लवका अध्यक्ष सन्तोस गुरुङले बताए ।

उक्त प्रतियोगितामा माटेपानी १२ हङकङ मुख्य प्रायोजक, माटेपानी युथ एसोशिएसन यु.के. सह–प्रायोजक एवं प्रथम पुरस्कार प्रायोजक, द्धितीय पुरस्कार प्रायोजक क्लवका आजिवन संरक्षक विमल वसेल रहेका थिए । यसैबिच, पुर्व खेलाडी तथा प्रशिक्षक हरि खड्काका छोरा किरण खड्को परिवारजनले उक्त प्रतियोगिताको निरन्तरताको लागि ५ लाख रुपैयाको अक्षयकोक्ष स्थापना गराएको क्लवका सचिव पुर्ण गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button