पोखरामा राती चल्ने ट्याक्सीका चालक असुरक्षित

पोखरामा रातको समयमा संञ्चालन हुँदै आएका ट्याक्सीहरु असुरक्षित रहेको एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन् ।

चिप्लेढुंङ्गा ट्याक्सी इकाई समितिको तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनको अवसरमा वोल्ने वक्ताहरुले सो गुनासो गरेका हुन् ।
रातको समयमा ट्याक्सीको माग गर्ने अनि संवन्धित स्थानमा लगेर छोडेपछि पैसा माग्दा नदिने र उल्टै चालकलाई कुटपिट गर्ने गरिएको व्यवसायीहरुले बताएका छन् ।

स्थानीय प्रशासनले पोखरामा ट्याक्सी चालकलाई समेत सुरक्षा दिन नसकेको बताउँदै उनीहरुले अरु नागरिकले कसरी सुरक्षा पाउने भन्दै प्रश्न गरेका छन् । पोखरामा चल्ने २ हजार २ सय ट्याक्सी मध्ये ३ सय ट्याक्सी रातको समयमा चल्दै आएका छन् ।

सो अवसरमा बोल्दै ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले राज्यले यातायात व्यवसायीलाई सौतेनी व्यवहार गरेको आरोप लगाए ।

ट्याक्सी व्यवसाय समितिका निवर्तमान अध्यक्ष गान्धीराज गिरीले नगरपालिकाले सडकलाई टेण्डरमा लगाएर आम्दानी खाएको गुनासो गरे । उनले नगरपालिकाले पार्किङ शुल्क उठाउने हो भने आफ्नै पार्किङ स्थल खोल्नु पर्ने बताए ।

सो अवसरमा इकाईले यो वर्षको अशल चालकको रुपमा चालक नवराज लम्साललाई नगद १५ सय सहित सम्मान पत्रले सम्मान गरेको छ ।

इकाईका अध्यक्ष राजु वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य डीवी भूजेल, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल अथक, ट्याक्सी व्यवसाय समिति पोखराका कोषाध्यक्ष सूर्यवहादुर थापा, फिस्टेल ट्याक्सी इकाइका सल्लाहकार राजु शाही, लेखवहादुर गुरुङ, सह संयोजक ठाकुरप्रसाद सुवेदी कृष्ण, कोषाध्यक्ष राजकुमार आचार्य र सचिव अर्जुन पौडेलले आ आफ्ना भनाई राखेका थिए ।

यसैबीच अधिवेशनले राजु वयलकोटीको संयोजकत्वमा एक सदस्य पछि थप गर्ने गरी १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको सह संयोजकमा रामवावु पाण्डे, सचिवमा अर्जुन पौडेल, सहसचिवमा इन्द्रवहादुर अधिकारी, कोषाध्यक्षमा राजकुमार आचार्य र सहकोषाध्यक्षमा शिवप्रसाद वाँस्तोला चयन भएका छन् । समितिको सदस्यहरुमा रत्नलाल श्रेष्ठ, रामवहादुर क्षेत्री, प्रेमवहादुर मास्की, नारायण भट्टराई, मोहन थपलिया, र विजय गुरुङ रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button