पोखराको बाल मन्दिर स्कुलमा लायन्सको खानेपानी परियोजना

सरकारी स्कुलका लागि स्वच्छ खानेपानी अभियान अन्तर्गत पोखराकोे नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालयमा खानेपानी परियोजना सञ्चालन भएको छ । लायन्स क्लब अफ पोखरा भृकुटीले २ लाख २५ हजार रुपैयाँ लागतमा परियोजना सञ्चालन गरेको हो ।

क्लबले एन्टी पोडियन अष्ट्रेलिया र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एलसिआइएफ डिपार्टमेन्ट चिफ सोनाम साङपोसँगको सहकार्यमा परियोजना सञ्चालन गरेको हो । क्लबले शुक्रबार एक कार्यक्रमका बीच ५÷५ हजार लिटर क्षमताका २ वटा ट्याङकी जडान गरेको छ ।

ट्याङकीलाई आधुनिक प्रविधिबाट जमिनमुनी जडान गरी विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराइने क्लबका अध्यक्ष ईन्द्रा कुमारी शर्मा पाठकले जानकारी दिइन् । ‘ट्याङकी निर्माण सम्पन्न गरी छिट्टै विद्यालयलाई हस्तान्तरण गर्नेछौं,’ उनले भनिन् । १० हजार लिटर क्षमताको ट्याङकी तयार भएपछि विद्यालयलाई खानेपानी अभाव नहुने साङपोले बताए ।

विद्यालयमा खानेपानी परियोजना सञ्चालन गरेर क्लबले नमुना सामाजिक काम गरेको क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट फस्ट लेडी पुष्पा आचार्यले बताइन् । यस अगाडि लायन्स क्लब अफ पोखरा अन्नपूर्णले कन्या माविमा, लायन्स क्लब अफ पोखरा दर्शनले ज्ञानभूमि माविमा र लायन्स क्लब अफ पिस चौतारीले वाराही माविमा उक्त परियोजना अन्तर्गत खानेपानी ट्याङकी हस्तान्तरण गरिसकेका छन् ।

बालमन्दिर स्कुलमा १२ औं परियोजना सञ्चालन गरिएको साङपोले जानकारी दिए । ‘पानी ट्याङकी निर्माणमा विदेशी युवाहरुले श्रमदान गरेका छन्,’ उनले भने, ‘युवालाई सामाजिक काममा लाग्न परियोजनाले प्रोत्साहन गरेको छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button