पर्यटकलाई आकषर्ण गर्न पोखरामा क्रिसमसको रौंनक

 

क्रिसमस पर्वको अवसरमा पर्यटकहरुलाई आकषर्ण गर्न पोखरामा झिलिमिलि वत्ति सहित सिंगारपट्टार गरिएको छ । पोखराका विभिन्न व्यापारी प्रतिष्ठानहरुले पर्यटकहरुलाई आकषर्ण गर्न क्रिसमसको अवसरमा झिलिमिलि वत्ति सहित सिंगारपट्टार गरेका हुन ।

पोखराको अन्य क्षेत्रको तुलनामा पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईडमा आउने विदेशी पाहुनाहरुलाई स्वागत सत्कार सहितको क्रिसमस पर्व यही मनोरन्जपुर्ण ढंगले मनाउने वातावरण दिन पनि पोखरामा क्रिसमसको लागि सिंगार सहितको झिलिमिली वत्ती वालिएको पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले बताए । उनले भने “ हामी पर्यटन व्यवसायी भएको नाताले हरेक दशेका पर्यटकहरुको चार्ड पर्वलाई हामीले आत्मसाथ गर्दै उनीहरुलाई उनीहरुको चाहना अनुसारको खानपिन तथा मनोरन्जन दिनु हाम्रो दाहित्व हो । ”

अमेरीकाबाट नेपालमा पहिलो पटक भ्रमणमा निस्केका पावल ७ दिने पुन हिल ट्रेकिङ सकेर हाल पोखरामा रहेकाछन। क्रिसमसको अवसरमा पोखराका विभन्नि स्थानमा झकिझकाउ पारेकोमा खुसि व्यक्त गर्दै आफ्नै देशमा मनाए जस्तो क्रिसमस पर्वको रौनक यहाँ नभए पनि केही हदसम्म भएको प्रतिकृया दिए ।

यस सिजनमा पोखराका होटलहरुको अकुपन्सी ५० प्रतिशतसम्म पुगेको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए । उनले भने“ क्रिसमसको अवसरमा कम्तिमा दुई दिनको लागि जसो यहाँको होटलको अकुपेन्सी ५० प्रतिशत अग्रिम बुकिङ भएको छ । ” पोखराका ठुला होटलहरुको क्रिसमसको अवसरमा करिब ७० प्रतिशतसम्म पुगे पनि साना तथा मझौला होटलहरुको अकुपेन्सि भने ५० प्रतिशत पुगेको बताईन्छ । होटल माउण्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईले क्रिसमसको अवसरमा हाल आफुहरुको होटलको अकुपेन्सि ७० प्रतिशतसम्म पुगेको बताए । होटल क्विन्स पार्कका संचालक सुरेस केसीका अनुसार क्रिसमसको अवसरमा हाल आफुहरुको होटलमा ९० प्रतिशत अग्रिम बुकिङ भएको बताए ।

अग्रेंजी नयाँ वर्ष सन २०१८ को पूर्व सन्ध्यामा पोखरामा करिब ५० प्रतिशत जसो अग्रिम बुकिङ भएको संघका निवर्तमान अध्यक्ष पराजुलीले बताए । पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने गरी होटलका लगभग १० हजार भन्दा बढी रुममा २० हजार भन्दा बढी बेड सङ्ख्या रहेको बताईन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button