देवघाट आश्रममा रहेका बृद्ध, बृद्धा तथा विद्यार्थीहरुको हकहितको लागि विराट महायज्ञ हुने

 

चितवनको धार्मिक तथा सांस्कृतिक एंव पवित्र तिर्थस्थल देवघाटधाममा रहेका बृद्ध, बृद्धा तथा बिद्यार्थीहरुको हकहितको लागि विराट महायज्ञ हुने भएको छ । उक्त देवघाटमा रहेकाको दिगो रुपमा हेरचाह गरी उनीहरुको पालन पोषणको लागि माघ २१ गते देखि देवघाटमा धन धान्याचल विराट महायज्ञ आयोजना हुने भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

फागुन २ गतेसम्म संचालन हुने उक्त महायज्ञमा आर्थिक संकलन गर्ने उद्धेश्यले चितवनमा मात्र नभई विभिन्न जिल्लाबाट समेत आर्थिक सहयोग जुटाउने उद्धेश्यले कास्की हुदै विभिन्न जिल्लामा सहयोग समितिहरु समेत गठन गरिएको आश्रमका संकल्पकर्ता आनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले बताए । उनका अनुसार वेद वेदाङ बिद्यालयको स्तर उन्नतीको लागि, बृद्धबृद्धाहरुको सेवा केन्द्र स्थापनाको लागि, देवघाट धर्मार्थ अस्पतालको सेवा वितारको लागि र शिवालय मन्दिरको नित्य पूजा संचालनको लागि अक्षयकोष स्थापनाको लागि विराट महायज्ञ आयोजना गर्न लागिएको हो ।

उनका अनुसार दाताको सहयोगबाटै हाल उक्त क्षेत्रमा ९ करोड मुल्य बराबरको नेपाली कलात्मक मन्दिर निमार्ण गरिएको छ। जुन मन्दिर निमार्ण गर्दा डेढ करोड खर्च भएको छ भने भक्तपुर र ललितपुरका कालिगढले मन्दिरमा कला भरेका हुन। हाल उक्त देउघाटमा रहेका २ सय जना बृद्ध, बृद्धा र ४ सय जना बिद्यार्थीलाई निशुल्क रुपमा पालन पोषण गराउदै आएको स्वामी आत्मानन्द गिरीजी महाराजले बताए । उनले भने “ हामीले आफ्नो क्षेत्रबाट सामाजिक सेवा गर्नु पर्दछ, कसैले दिएको सानो सहयोगले कसैको लागि ठुलो उपलब्धि हुन सक्छ, भक्तजनको श्रद्धाले गर्दा आज आश्रम संचालन हुदै आएको छ ।”

नारायणगढदेखि करिव ६ कि.मि. उत्तरमा त्रिशुली र कालिगण्डकीको पवित्र संगमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको महासचिव डा. गुरुप्रसाद सुवेदीले बताए । गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकण्ड जस्ता पवित्रस्थल रहेको उपाध्यक्ष महेश पराजुलीले बताए । अन्य महायज्ञ भन्दा फरक किसिमको महायज्ञ देवघाटमा आयोजान हुने हुदा उक्त महायज्ञमा सहभागि हुन उनले आग्रह गरेकाछन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button