पोखरामा ११ औं हिसान स्पोर्ट्स मिट जारी

छात्र भलिबलको उपाधी स्पाइरल ग्यालेक्सी र छात्राको न्यू ग्यालेक्सीलाई

पोखरामा जारी ११ औं हिसान स्पोर्ट्समा भलिबल छात्र तर्फको फाइनल खेलको उपाधी स्पाइरल ग्यालेक्सीले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा स्पाइरलले पोखरा माबीलाई २५–२१ र २५–१९ ले पराजित गरेको थियो ।

छात्र भलिबलमा लिटिल स्टेप माबी तेस्रो भएको छ । लिटिल स्टेपले माउन्ट अन्नपुर्ण माबीलाई २५–२१ र २५–१४ को सोझो सेटमा पराजित गर्यो ।

छात्रा भलिबलको उपाधी भने न्यु ग्यालेक्सीले हात पारेको छ । न्यु ग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई २५–२५ र १८–११ को सोझो सेटमा पाखा लगायो । यस्तै छात्रा भलिबल तर्फ स्पाइरल ग्यालेक्सी तेश्रो भएको छ । उसले डायमण्ड माबीलाई २५–२३ र २५–१२ को सेटमा पराजित गर्यो ।

छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका अशोक सुनार बेष्ट प्लेयर घोषित भए भने पोखरा माबीका बिर बहादुर दर्जी बेष्ट स्पाइकर घोषित भएका छन । छात्रा भलिबल तर्फ न्यू ग्यालेक्सीकी नरशोभा गुरुङ बेष्ट प्लेयर र स्पाइरल ग्यालेक्सीकी श्रृष्टि बिक बेष्ट स्पाइकर घोषित भए ।

त्यस्तै टेबल टेनिस छात्र–छात्राको फाइनल खेल पनि सम्पन्न भएका छन । छात्र सिंगल्समा नेशनल इन्भेन्टिभका बिबेक भुजेल प्रथम र नेशनल इन्भेन्टिभकै महादेब पाहारी दोश्रो भए । छात्र तेश्रोमा सगरमाथाका स्वष्तिक पौडेल र सफलजङ्ग केसी भएका छन ।

छात्र टेबल टेनिस डबल्समा नेशनल इन्भेन्टिभका बिबेक भुजेल र महादेश पाहारीको जोडी प्रथम भएको छ । ग्लोबल कलेजियटका शुसान्त पुन र अमृत थापाको जोडी दोश्रो, हिल पोइन्ट माबीका कर्म छिरिङ लामा र सागर गुरुङ तथा मदरल्याण्डका सजिन पौडेल र रक गुरुङको जोडी तेश्रो भएका छन ।

छात्रा टेबल टेनिस सिंगल्समा सगरमाथाकी आशुका रन्जित प्रथम भएकी छन । उनले फाइनलमा आफ्नै विद्यालयकी अपेक्षा थापालाई हराएकी थिइन । त्यस्तै स्टेप बाइ स्टेपकी सुष्मिता सुबेदी तेश्रो र पोखरा माबीकी शान्ती थापा तेश्रो भएका छन ।

छात्रा टेबल टेनिस डबल्स्को फाइनलमा सगरमाथा माबीकी अशिका रन्जित र अपेक्षा थापाको जोडीले स्टेप बाइ स्टेपकी सुष्मिता सुबेदी र सिमा बिकको जोडीलाई पराजित गरयो । पोखरा माबीका साबिता गौतम र शान्ती थापाको जोडी र सृजना माबीका दिक्षा गुरुङ र अनिता भण्डारीको जोडी तेश्रो भएका छन ।

यस्तै छात्रा बास्केटबल तर्फ ग्लोबल माबी र माउन्ट अन्नपुर्ण माबीले फाइनलमा भेट पक्का गरेका छन भने तेश्रो स्थानका लागि सगरमाथा माबी र न्यू ग्यालेक्सी माबी भिड्ने छन । छात्र बास्केटबलमा बिएमजी बोर्डिङ माबी तेश्रो स्थानका लागि खेल्ने छ । अन्य खेल मंगलबार बिहान हुने आयोजकले जनाएको छ ।

हिसान कास्कीका अध्यक्ष रामजी शर्माका अनुसार बास्केटबल छात्र–छात्रा तर्फका फाइनल खेल मंगलबार दिउसो १ बजे पोखरा रंगशालामा सम्पन्न भए संगै ११ औं हिसान स्र्पोट्स मिटको समापन हुने छ । ११ औं हिसान स्र्पोट्स मिटमा हिसान कास्की संग आवद्ध ६० बिद्यालय तथा कलेजका २ हजार ५ सय विद्यार्थी विभिन्न खेलमा सहभागी रहेका छन ।

तस्बिरः केशब पाठक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button