कास्कीको मिर्सा होम स्टेमा ३० थरिका परिकार

 

कास्की माछापुच्छ्रे गाँउपालिकाको पर्यटकीय गाँउ मिर्सामा पर्यटकहरुलाइ नयाँ स्वाद दिने उद्धेश्यले ३० थरिका परिकारको तालिम दिइएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाँउ विकास समितिको आयोजनामा मिर्सा गाँउमा होमस्टे (घरवास) पर्यटन विकास बिषयक ४ दिने तालिममा सुक्रबार र शनिबार गरी ३० थरिका परिकारको तालिम प्राप्त गरेको स्थानियले बताए ।

भेज तथा चिकेन सुप, अण्डा पकौडा, वनना एप्पल फिडर, आलुचप लगायतका परिकार व्यावहारिक रुपमा आफुहरुले पकाउने सिकेको मिर्सा होम स्टे व्याबस्थापन समितिका अध्यक्ष वन सुव्वा गुरुङले बताइन । आफ्नो गाँउमै पुगेर समितिबाट दुई दिन सैद्धान्तीक र दुइ दिन व्यावहारिक प्रशिक्षण गराएकाले आफुहरुले आगन्तक पाहुनाहरुलाई व्यबस्थित ढंगले स्थानिय स्तरमा उत्पादित बस्तुले स्वागत गर्ने अध्यक्ष गुरुङले बताईन ।

उक्त गाँउका करिब ८ जना पुरुष सहित ३० जना होमस्टे संचालहरुलाई पर्यटकहरुलाई कसरी आकषर्ण गर्ने, कसरी उनीहरुलाई स्वागत सत्कार गर्र्ने, ग्रामिण भेगमा उत्पादन भएका अर्गानिक खाने कुराको व्याबस्था मिलाउने लगायतका बिषयमा प्रशिक्षण गराइएको खाद्य प्राविधिक राजकुमार लामाले बताए ।

मुख्य प्रशिक्षक मदन वानिया, खाद्य प्राविधिक राजकुमार लामाले प्रशिक्षण गराएको कार्यक्र्रम संयोजक शम्भु कार्कीले जनाए । समितिबाट यस बर्ष कास्कीको कास्कीकोटमा समेत होम स्टे सम्बन्धि तालिम हालै सम्पन्न भएको छ । २०६९ साल देखि उक्त होम स्टे संचालन हुदै आएको मिर्सा होम स्टे व्याबस्थापन समितिका निवर्तमान अध्यक्ष बुद्धि कुमारी गुरुङ (नानी) ले बताईन । मिर्सामा हाल १६ घरमा होम स्टे संचालन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button