पोखराको संस्कृत माविमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा लेखनाथ महानगरपालिका–१, बगर भीमकाली पाटनको संस्कृत माध्यामिक विद्यालयमा निः शुल्क स्वास्थ्य शिविर गरिएको छ ।

रिजनल अस्पताल जिरो किलोमिटर पोखराको सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा १ सय ९६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ्य शिविरमा रिजनल अस्पतालका डाक्टरहरु दन्त चिकित्सक डा. कुशुम लामिछाने, नाक, कान, घाँटी विशेषज्ञ डा. आकाशमणि भण्डारी, रिजनल अस्पतालका व्यवस्थापक अर्जुन शर्मा, स्टाफ नर्सहरु सम्झना राना, निता भण्डारी, एलिसा गुरुङ्ग तथा कर्मचारी दिपेन्द्र कोइरालाको टोलीले सघाएका थिए ।

संस्कृत माध्यमिक विद्यालयका शिक्षक कलादेवी बराल र रिजनल अस्पतालका व्यवस्थापन समिति सदस्य चन्द्रकान्त पौडेलको समन्वयमा संस्कृत माध्यमिक विद्यालयका कमजोर आर्थिक अवस्था भएका विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरी आयोजित दन्त, नाक, कान तथा घाँटीसम्बन्धी परीक्षण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button