पोखरामा जारी दक्षिण एसियाली सेभेन ए साईड फुटवलमा सेमिफाईनलका खेल मंगलबार

पोखरा न्युज ।

प्रभु बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत सोमबार लिग चरणका खेलहरु सकिएसंगै मंगलबार सेमिफाईनलका खेलहरु हुने भएका छन।

पहिलो सेमिफाईनल खेलमा घरेलु टिम नेपाल र पाकिस्तान बिच हुने भएको छ भने दोश्रो खेल भुटान र बंगलादेश बिच हुने भएको आयोजक नेपाल सेभेन–ए–साईड फुटबल महासंघले जनाएको छ । पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईड स्थित बाराहीघाटमा रहेको नेपाल ट्रसको फुटवल खेल मैदानमा सोमबार भएको लिग चरणको पहिलो खेलमा नेपालले भारतलाई ५–० को गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा म्यान अफ दी म्याच घोषित विनोद गुरुङ र कप्तान रवि मगरले दुई÷दुई गोल गरे भने सुनिल विकले एक गोल गरे । भारतले भने एक गोल पनि गर्न सकेन। एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले म्यान अफ दी म्याचको ट्रफी हस्तान्तरण गरेका हुन ।

दोश्रो खेलमा अर्थात लिग चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ८–० ले पन्छायो । बंगलादेशको जितमा तुईनले ४, उज्जल खाँडले ह्याट्रिक र साजितले एक गोल गरे । खेलमा म्यान अफ दी म्याच घोषित भएका बंगलादेशका टुनिनलाई महासंघका केन्द्रिय उपाध्यक्ष खेम गुरुङले ट्रफी हस्तान्तरण गरे । यसैबिच, उक्त प्रतियोगितामा सहभागि भुटान र माल्दिप्सका टिमको विवादीत बिषयमा आफुहरुले सम्बन्धित देशका पदाधिकारीसंग समन्वय गरी खेलाडीहरु सहभागि गराएको एसियन सेभेन ए साइड फुटवल महासंघका महासचिव डि रवि कोण्डियाले बताए ।

एसियन सेभेन ए साइड फुटवल महासंघले साउथ एसियन फुटवल प्रतियोगितामा सहभागि देशले ३ जना खेलाडी विदेशी राख्न सक्ने प्रावधान रहेको बताउदै उक्त नियम अनुसार माल्दिप्सले ३ जना वोर्डरका आफन्त खेलाडीहरु सहभागि गराएको उनले जनाए । माल्दिप्सका ७ जना खेलाडीहरु कमजोर भएको हुनाले गर्दा पनि आफुहरुले थप तीन जना हायर गरेको महासचिव कोन्डियाले बताए । उनले पोखरा न्युज संग भने “ महासंघ एन्फा, फिफासंग सम्बन्धित नभएको हुनाले पनि स्वायक्त संस्था भएकोले गर्दा पनि माल्दिप्सले एक टिममा तीन जना खेलाडीहरु राख्न पाउने भएकोले आयोजकसंग समयमै जानकारी गराएर सहभागि गराएको हो । ” माल्दिप्स लिग चरणका दुई दिनको खेलमा पराजित भएसंगै आफ्नो गन्तव्यमा लागेको छ । भुटानको टिमा भने कुनै समस्या नभएको बताइृन्छ ।

महासंघका महासचिव कोण्डियाले सेभेन ए साइड फुटवल प्रतियोगिता नेपालबाटै शुरु गरेर १२ औं संस्करणमा आउँदो तेश्रो पटक नेपालमा भइरहेको भन्दै यसको विरोध गरेर खेल क्षेत्रमा  समस्या उत्पन्न नगर्न आग्रह गरे । उनले २०२० मा नेपालमै सेभेन ए साइड वल्र्ड च्याम्पियनसीप गर्न लागेको पनि जनाए । प्रतियोगिता संयोजक तथा नेपाल सेभेन ए साइड फुटवल महासंघका अध्यक्ष नविन पुनले पनि संस्थाको नियम अनुसार नै मालदिभ्सले सीमा क्षेत्रका ३ खेलाडी खेलाएको बताए । उनले काम गर्ने क्रममा गल्ती भए सच्याउन सकिने प्रतिकृया दिए । उनले पोखरा न्युज संग भने “ हामीले पोखरामा फुटवलको विकास होस भन्ने उद्धेश्यले सेभेन ए साईड फुटवल गर्दै आएका छौं, बरु हामीलाइ एन्फाले रेखदेख गरोस हामी त्यसमा के गर्न सक्छौं हामी तयार छौं, तर कुनै नियतले खेलमा समस्या उत्पन्न गराउनु राम्रो होईन । ”

प्रतियोगितामा भिन्दै देशको खेलाडीले अर्को राष्ट्रको नामबाट खेलेको भन्ने संचारमाध्यमहरुमा प्रकाशित एवम् प्रशारित समाचारप्रति अखिल नेपाल फुटबल संघ कास्कीका पूर्वसचिव सुदर्शन रञ्जितले फुटबलको नियमक संस्थाप्रति ध्यानाकर्षण गराएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button