एन्फा कास्की अध्यक्षमा मिलन गुरुङ

अखिल नेपाल फुटबल संघ कास्की (एन्फा)को अध्यक्षमा मिलन गुरुङ बिजयी भएका छन । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उनका प्रतिद्वन्दी शिब गुरुङ (माया) ले ५ भोट मात्र पाए भने बिजयी मिलनले १३ भोटले बिजयी बने । उनको कार्यकाल चार वर्षका लागि हुनेछ ।

यसैगरि, अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । एन्फा कास्कीमा तीन उपाध्यक्ष पदमा सुरेन्द्र गुरुङ, विश्व तण्डुकार र इश्वर गुरुङ (चन्द्र) निर्विरोध भए । त्यसैगरि, सदस्य पदमा हिटलर घले, सचिनजङ थापा, बुद्धीवहादुर खत्री, सुजितकुमार श्रेष्ठ, पूष्प बराल, इन्द्रबहादुर कुँवर, रामकुष्ण बास्तोला, शुसिलकुमार श्रेष्ठ र महिला सदस्यमा राधा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यबाट सचिव र कोषाध्यक्ष मनोनित हुनेछन् ।

यसअघि, साधारणसभा तथा अधिवेशनको उदघाटन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button