पोखरा-२२ रेडक्रस सोसाइटी उपशाखामा राजु बराल

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभापतिमा टेकनाथ बराल (राजु) चयन भएका छन्। उपशाखाको सम्पन्न १० औं अधिवेशनले बराल लाई सभापतिमा चयन गरेको हो।

उपशाखाको अन्य सदस्यहरुमा प्रकाश बराल, खडानन्द बराल, गितादेवी ढकाल, शान्ति बास्तोला, बिष्णुदेवी बराल, पुष्प पौडेल, निर्मला गुरुङ र प्रजापति बराल छन्। उपशाखाको पहिलो बैठकले पदाधिकारीहरुको चयन गर्ने सभापति टेकनाथ बराल (राजु)ले बताए। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपमन्त्री उर्मिला खड्काले  निर्वाचित सभापति लगायत सदस्यहरुलाई शपथ ग्रहण गराएकी थिइन्।

कार्यक्रमका प्रमूख अतिथि एवम् पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष मातृकाप्रसाद बराल, कास्की शाखाका उपमन्त्री उर्मिला खड्का र स्थानीय रेडक्रसकर्मी रबीन्द्र बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

उपशाखाका सभापति टेकनाथ बराल (राजु) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसभापति गीतादेवी ढकालले स्वागत मन्तव्य र सचिव मातृकाप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button