पोखरा लेखनाथ महानगरपालिकाद्धारा प्रदेश नं ४ का प्रदेशसभा सदस्यहरुलाई सम्मान

पोखरा लेखनाथ महानगरपालिकाले प्रदेश नं ४ का प्रदेशसभा सदस्यहरुलाई सम्मान गरेको छ।

साथमा सदस्यहरुलाई महानगरपालिका दिवा भोजको समेत आयोजना गरेको थियो। प्रदेश नं ४ का प्रमुख बाबुराम कुँवरको उपस्थितीमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी. उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतले प्रदेशसभा सदस्यहरुलाई माला र अबीर लगाएर सम्मान गरेका हुन्। प्रदेशसभा सदस्यहरु पद तथा गोपनीयताको शपथग्रहण लगत्तै स्वागत कार्यक्रममा सरिक भएका थिए।

पर्यटन वोर्डको सभाकक्षमा प्रदेशसभा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मेयर मानबहादुर जिशीले प्रदेश सरकारले यथाशिघ्र बैठक बसी स्थानीय निकायहरुलाई कसरी छिटो र छरितो ढङ्गले परिचालन गर्न सकिन्छ भन्ने बारे कानूनहरु निर्माण गर्न आग्रह गरे।

कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका उपमेयर मञ्जुदेवी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button