लमजुङको भाग्यमानी भैरव मावि, विद्यालयलाई चिन सरकारको ८० करोड लगानी

डीएनबी

पोखरा न्युज, ०९ माघ –

भौतिक पूर्वाधारको हिसावले कमजोर र भूकम्पले हल्लाएको लमजुङको एक सामुदायिक बिद्यालय अन्य बिद्यालयको तुलनामा भाग्यमानी बिद्यालय ठहरिएको छ।

भूकम्पले एक भवन क्षति पु¥याएपछि अन्य कक्षा कोठासमेत जीर्ण भएपछि बिद्यालयलाई नयाँ रुप दिन मित्र राष्ट्र चीन सरकारबाट देशकै नमूना बिद्यालयको रुपमा लगानी गरिएको छ। चुहिने टिनको छानामा अध्ययन गर्दै आएका लमजुङको राइनास नगरपालिका वडा ९ स्थित मोहिरियाकोटको भैैरव माविका बिद्यार्थीहरुले अब कम्तिमा डेढ बर्षपछि देशकै नमूनाको रुपमा निर्माण हुने नयाँ भवनमा अध्ययन गर्न पाउने भएको बिद्यालयका प्रधानाध्यापक राजेश्वर ढकालले बताए। चीन सरकारले नेपालकै नमूना बिद्यालय स्थापना गर्न करिब ८० करोड रुपैयाँ भन्दा बढी लगानी गर्ने भएको प्रधानाध्यापक ढकालले जानकारी दिए।

आवासियसहितको कक्षा १२ सम्म कक्षा संचालन गरी कक्षा कोठा, पुस्तकालय, संयुक्त कक्षा कोठा, प्रयोगात्मक कक्ष, अध्ययन–कला–संङ्गीत कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष, कार्यालय, चमेनाघर, शौचालय, खेल मैदान लगायतका संरचना निर्माण हुने भएको बिद्यालयका प्रधाानाध्यापक ढकालले बताए। दुर्गम क्षेत्रका बिद्यार्थीहरुको गुणस्तरिय शिक्षामा विकास गराउने उद्देश्यले चीन सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको हो।

लमजुङका जिल्ला शिक्षा अधिकारी भिमसेन धामी, प्राविधिक शुबोचन गुरुङ, तत्कालीन सार्क महासचिव अर्जुनबहादुर थापा लगायतको पहलबाट चीन सरकारले लमजुङको भैरव माविलाई छनोट गरेको ढकालले बताए। उक्त बिद्यालयको भवन ८ रोपनी क्षेत्रफलमा निर्माण हुदैछ। चाइनिज राजदूतले भवन बनेपछि नेपालमै नपाउने सेवा सुबिधासहितको अत्याधुनिक भवन हस्तान्तरण गर्ने बचन दिएको प्रधाना ध्यापक ढकालले सुनाए।

ठेकेदार, ईञ्जीनियर, कामदार, निर्माण सामाग्रीदेखि अधिकांश भवन निमाएणमा प्रयोग हुने बस्तुहरु चीनबाटै प्रयोग भएको प्रधानाध्यापक ढकालले बताए। सिमित नेपाली मजदुरहरुले मात्र रोजगार पाएको उनले जनाए। सरकारी ईञ्जीनियरले गरेको भन्दा केही फरक ढङ्गले धेरै मजबुत हुनेगरी भवनको निर्माण हँुदै गरेको उनले जनाए। विगत ९ महिलादेखि दैनिक ७० जना भन्दा बढी कामदारले उक्त परियोजनामा काम गर्दै आएको स्थानीयले बताए। २० कोठे अस्थायी भवनमा हाल कामदारहरु बस्ने गरेका छन्।

उक्त योजनका दोभासे सिद्धार्थ शाक्य विगत ९ महिलादेखि उक्त योजनामा आवद्ध छन्। एउटा ठूलो भवनसहित तीनवटा भवन बन्ने भएको उनले जनाए। उनका अनुसार उक्त योजनामा हाल ४० जना चाइनिज, ३० जना नेपाली कामदार छन्। भवनको निर्माण सकेर सन् २०१९ को जुन २५ तारिकभित्र विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको भएपनि आगामी एक बर्षभित्रै सकिने गरी काम तीव्र गतिमा भइरहेको शाक्यले बताए। करिब एक बर्ष अघिदेखि उक्त योजना सुरु भएको हो । चारतले पक्की भवनमा ६५ कोठा बन्ने भएको शाक्यले जनाए। र्भुँइतलामा १४ वटा कोठा, पहिलो तलामा १४ कोठासहित दुइवटा सभाहल, दोश्रो तलामा २० कोठा, तेश्रो तलामा २२ र चौथो तलामा १५ वटा कोठा बन्ने भएको हो।

चीनले नेपालमा १० उत्कृृष्ट नमूना बिद्यालय बनाउने घोषणा गरेसंगै हिलमाली भागमा दुइवटा बिद्यालयहरु निर्माण गर्ने भएको छ। जस अन्तरगत लमजुङमा भैरव मावि र सिन्दुपालचोकको ब्रम्हाची गाविस–९ स्थित रत्नराज्य माविको भवन रहेको छ। रत्नराज्य मावि ८१ करोडको लागतमा निर्माण कार्य हाल तीव्र गतिमा काम भइरहेको समाचार छ।

जस्ताले वारेको धुलाम्मे कक्षा कोठामा हाल पठनपाठन हुँदै आएको प्रधानाध्यापक ढकालले बताए । ‘एउटा कक्षा कोठामा पढाउँदा अर्को कक्षामा समेत असर पर्न जान्छ,’ उनले भने, ‘हामीले साेंचेभन्दा ठूलो योजना हामीलाई परेकोले अब यहाँको व्यवसायिक शिक्षामा हाम्रो थप चुनौती थपिएको छ। अबको शिक्षा व्यवसायिक, व्यवहारिक शिक्षामा हाम्रो जोड हुनेछ।’

स्थानीय बुद्विजीवी राजनीतिक कार्यकर्ता, स्थानीयको सहयोगमा रोजगार व्यवसायिक शिक्षामा अघि बढाउने बिषयमा बृहत् छलफल गरी उनीहरुबाट राय सल्लाह तथा सुझाव लिएर आफूहरुले योजना बनाउने प्रधानाध्यापक ढकालले जनाए। जलश्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लमजुङ धेरै सम्भावना भएको उनले सुनाए।

२०१४ सालमा स्थापना भएको उक्त बिद्यालय २०३३ मा निम्नमाध्यामिक बिद्यालय र २०५३ सालदेखि माविमा स्तरोन्नती भएको प्रधानाध्यापक ढकालले बताए । हाल विद्यालयमा २ सय ७५ जना बिद्यार्थीहरु रहेकोमा दुई तिहाई छात्राहरु रहेका छन। भूकम्पले विद्यालयको एक भवन क्षतविच्छेद बनाएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button