पोखरामा प्रसुती तथा स्त्री रोगका बिरामीलाई विशेषज्ञ सहितको निशुल्क सेवा

आर्थिक अभावमा उपचारवाट वञ्चित प्रसुती तथा स्त्री रोगका विरामीहरुका लागी पोखरा अस्पतालले निशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको छ । अस्पतालले सेवासँगै आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्न अस्पतालले महिलाका लागी हरेक महीनाको दोस्रो शनीवार स्वास्थ्य शिविर मार्फत विशेषज्ञ सहितको निशुल्क सेवा उपलव्ध गराएको हो ।

महीलाहरुको तल्ले पेट दुख्ने, महीनावारी गढवढी, ढाड कम्मर दुख्ने, गर्भ नरहने, आङ खस्ने, पाठेघरको घाउ, स्तनमा गिर्खा, लगाएतका समस्या भएका महीलाहरु अस्पतालको यो सेवावाट लाभान्वीत भएका छन् ।

आफ्नो सेवा सुरुवातको १८ औं वार्षिकोत्सवको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १० मा रहेको पोखरा हस्पीटलले आफ्नै प्राङगणमा शनिवार आयोजना गरेको शिविरमा गाउँगाउँवाट आएका एक सय दस जना महीलाहरुले आफ्नो परिक्षण गरेका छन् । सो अवसरमा विशेषज्ञ डा रामजी वराल र रिचा श्रेष्ठले विरामीहरुको निशुल्क परिक्षण गरेका थिए ।

शिविमा आउने विरामीको सामान्य उपचार देखी विशेषज्ञ सेवा समेत निशुल्क पाएपछि विरामीहरु पनी खुसी देखिन्थे । अस्पतालमा आएका विरामीहरुले शिविरका वेला फ्रि चेकअपका साथै ल्याव, भिडियो, भर्ना तथा अप्रेशनमा मा ५० प्रतिशतसम्म र एक्सरे तथा होल वडी प्याकेज जाँचगर्नेलाई ४० प्रतिशत सम्म छुट पाएपछि विरामीहरुले राहतको महशुस गरेका छन् ।

पोखरा हस्पिटल आगामी माघ महिनादेखी १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गर्दै छ । मुटु र प्रेसर रोग संवन्धी विशेष सेवा प्रदान गर्दै आएको यस अस्पतालले माघ महिनाको पहिलो शनिवार ६ गतेदेखी स्वास्थ्य शिविर संचालन गरेर आगामी ६ महिनासम्म हरेक शनिवार शिविर संचालन गरिने हस्पिटलका प्रवन्ध निर्देशक वासुदेव कोईरालाले जानकारी दिए ।

हरेक महिनाको पहिलो हप्ताको शनिवार मुटुरोग र मेडिसिन सम्वन्धी, दोस्रो हप्ताको शनिवार वच्चा तथा स्त्री रोग सम्वन्धी, तेस्रो शनिवार हाड जोर्नी तथा नसा सम्वन्धी डा नविन त्रिपाठी र ओम वहादुर काकीले, र महिनाको अन्तीम तथा चौथो शनिवार नाक कान घाटी सम्वन्धी हरियो खर्क अस्पतालका डाक्टर सञ्जय कोईराला र छाला सम्वन्धी डा. रमेश शर्माले विरामीलाई जाँच गर्दै आएका छन् ।

शिविर संचालन हुँदा सेवा लिएका विरामीहरुले देखाएको स्वास्थय कार्डका आधारमा त्यसपछि समेत सवैखाले विशेषज्ञ सेवामा ४० देखी ५० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको निर्देशक कोईरालाले वताए ।

अस्पतालले आगामी दिनमा विशेषज्ञ सेवामा समेत थप विस्तार गर्ने योजना अगाडी सारेको छ । अत्याधुनीक ओटी, आईसियु, डिजिटल एक्सरे सम्वन्धी अत्याधुनीक सेवा प्रवाहका साथै मृगौला रोगीहरुका लागी मानव अंग प्रत्यारोपण केन्द्र काठमाण्डौवाट हरेक महिनामा एकजना विशेषज्ञ वोलाएर विरामीलाई सेवा दिन अस्पताल लागी परेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button