पोखरामा जारी आहा ! रारा गोल्डकपमा विभागीय एपीएफ टाइब्रेकरबाट बाहिरियो

पोखरा न्युज – १५ माघ । 

पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलमा अर्को विभागीय टोली सशस्त्रको एपीएफ टाईब्रेकरमा पराजित हुँदै बाहिरिएको छ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा एपीएफ थ्रीस्टारसंग टाईब्रेकरमा ४–५ गोलले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो। प्रि–क्वार्टरफाइनलमा संकटालाई १–० को झिनो गोल अन्तरले जित्दै क्वार्टरफाइनलमा एपीएफको दोस्रो टाइब्रेकर शुट गोल हुन नसक्दा प्रतियोगिताबाट बाहिरिनुप¥यो। टाइब्रेकरमा थ्री–स्टारका गोलकीपर एलन न्यौपाने नायक बने। एपीएफको तर्फबाट राजेन्द्र रावलले प्रहार गरेको दोस्रो टाइब्रेकर शुटलाई एलनले डाइभ हान्दै सेभ गरे।

निर्धारित ९० मिनेट र २० मिनेटको अतिरिक्त थप समयमा पनि दुबैतर्फ कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। थ्री–स्टारका तर्फबाट रञ्जित धिमाल, बिक्रम लामा, निराजन खड्का, सुनिल बल र बिजय धिमालको टाइब्रेकर शुटलाई गोल गर्न सफल रहे। उता, एपीएफको तर्फबाट भने नविन लामा, अञ्जन बिष्ट र रञ्जन बिष्टले टाइब्रेकर शुटमा गोल गरे। सोमबारको खेलमा थ्री–स्टारका गोलकीपर एलन न्यौपाने म्यान अफ दि म्याच बने।

पहिलो हाफमा थ्री–स्टारसंग दवावमा खेलेको एपीएफले पाएको केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा एपीएफबाट बाहिरिनु प¥यो। खेलाडीहरुको आपसी तालमेलमा कमी रहेकोले टोलीले प्रहार गरेको बल गोल नलाग्नु एपीएफले हार्नुको मुख्य कारण रहेको प्रशिक्षक रत्नकाजी महर्जनले पोष्ट म्याच कन्फरेन्समा बताए।

टाइब्रेकर शुट आउटलाई आफ्नो पक्षमा सदुपयोग गर्न सफल रहेको थ्री–स्टार तीन विदेशी खेलाडी बिना मैदान उत्रिएको थियो। यस  संस्करणको प्रतियोगितामा थ्री–स्टारले पोखरामा खेलेको पहिलो खेलसंग प्रशिक्षक मेघराज के.सी.लाई चित्त बुझेको छैन। ‘थ्री–स्टार जस्तो क्लबले यस्तो खेल खेल्ने होइन,’ प्रशिक्षक के.सी.को प्रतिक्रिया थियो।

थ्री–स्टारले फाइनलका लागि बंगलादेशी उत्तर बरिन्धरा क्लबसंग बुधबार सेमीफाइनल खेल खेल्नेछ। मंगलबार प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल मनाङ मस्र्याङ्दी क्लब र विभागीय पुलिस क्लबबीच हुने छ।

फोटो : सुदर्शन रञ्‍जित

सोमबार राष्ट्रिय खेलाडी नेपाल आर्मीका कप्तान भरत खवासलाई उत्कृष्ठ फुटबल खेलाडीका रुपमा सहारा क्लबले सम्मान गरेको छ। ०७३ को फुटबल खेल प्रदर्शनको आधारमा उत्कृष्ठ खेल प्रदर्शन गरेको भन्दै भरत खवासलाई क्लबले सम्मान गरेको क्लबका महासचिव बिश्वराज बरालले बताए। प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ पश्चिमाञ्चलका अध्यक्ष खेम गुरुङले नगद ३५ हजारसहित सम्मानपत्रद्धारा खवासलाई सम्मान गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button