एनआरएनले नेपालमा दश अर्बको लगानी कोष स्थापना गर्दै

पोखरा न्युज – १७ माघ ।

गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ।

एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच मंगलार भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए।

कोषको स्थापनाका लागि सरकारका निकायसंग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए। एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ। कुल ३ सय २७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा जानकारी दिइएको थियो।

सो अवसरमा एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा जानकारी गराए । एनआरएनले बागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ। सो परियोजनाको निर्माण लागत करिब रु २ करोड २५ लाख अनुमान गरिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button