आहा ! रारा गोल्डकपमा पुलिसले थ्रिस्टारसंग बदला लिने मौका

दुबै टिमका प्रशिक्षकहरु जित्ने दाबी

डिएनबी, पोखरा न्युज – १९ माघ ।

आहा ! रारा गोल्ड कपको ईतिहासमा ४-४ पटक उपाधि जितेर पहिलो पटक फाईनलमा यात्रा तय गरेका थ्रिस्टार र विभागिय टोली नेपाल पुलिसले नयाँ ईतिहास रच्ने दाउमा रहेका छन ।

आहा ! राराको १३ औं संस्करणमा सेमिफाईनलमा थ्रिस्टारले पुलिसलाई पराजित गरेको थियो भने ३ बर्ष पछि १६ औं आहा ! रारामा पुलिसले फाईनल खेलमा बदला लिने मौका जुटेको हो । क्याराभान गोल्ड कप सहित ५ पटक विजेता भएको पुलिसले आहा ! राराको ईतिहासमा हालसम्म ८ पटक फाईनलमा यात्रा तय गरेको छ । यता थ्रिस्टारले भने ४ पटक फाईनलमा प्रबेस गरी चारै पटक जित हासिल गरेको छ । पुलिसले पहिलो, छैटौं, सातौं, आठौं संस्करणको उपाधि जितेको थियो । थ्रिस्टारले भने पाँचौं, नवौं, एघारौं र १३ औं आहा ! राराको उपाधि जितेको थियो । तेश्रो आहा ! रारामा पुलिसले थ्रिस्टारलाई सेमिफाईनलमा पराजित गरेको थियो भने छैटौं र सातौंमा पुलिसले थ्रिस्टारलाई क्वाटरफाईनलमै पराजित गरेको थियो ।

समुह एमा रहेको थ्रिस्टारले ससस्त्र प्रहरी वलको एपिएफलाई क्वाटरफाईनलमा र बंगलादेशको उत्तर बरिन्धरा क्लवलाई पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो । समुह बीमा रहेको पुलिसले रुपन्देहि ११ लाई प्रिक्वाटरफाइनलमा, मनाङ मस्र्याङदीलाई क्वाटरफाईनलमा र धरान फुटवल क्लवलाई सेमिफाईनलमा पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । उपाधि सहित ५ लाख ५१ हजार पुरस्कारको लागि दुबै टिमले शनिबार १ बजे पछि पोखरा रंगशालामा फाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन।

थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले सुक्रबार पोखरा रंगशालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफुहरु फाईनल खेलमा जितको लागि मैदानमा उर्तिने बताए । उनले भने “ हाम्रो लक्ष्य धेरै माथि छ, आहा ! रारा जस्ता प्रतिष्ठित गोल्ड कप जित्नु हाम्रो लागि थप उर्जा मिल्छ, खेलाडीमा हौसला हुन्छ, त्यसको लागि पनि हामीले जित्ने गरी खेल्ने छौं, हामी आहामा फाईनलमा पुगेर हालसम्म हार्न जानेको छैन। ”

फुटबलमा डेढ बर्ष देखि रहेको शुन्यता रहेकोले थ्रिस्टारले पनि आफ्नो पहिलाकै लयमा फर्किदै गरेको उनले जनाए । फरक प्रशंगमा प्रशिक्षक केसीले खेलाडी र प्रशिक्षकहरुलाई कसैले राजनीतिमा जवरजस्ती लैजान नहुने बताए । उनले भने “ खेलाडी र प्रशिक्षकको काम खेलकुदमा राम्रो गर्ने हो, कुनै व्यक्ति र दललाई जिताउने तर्फ लाग्ने होईन । ” थ्रिस्टारको तर्फबाट वर्क प्रमिट पाएका पिटर सेगुन र मार्टिन्स फाईनल खेलमा उत्र्रिने भएका छन।

नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले हरेक खेल नयाँ रणनितीमा खेल्ने बताउदै फाईनल खेलमा आफुहरुले दर्शकहरुको मन छुने गरी उत्कृष्ट फुटवल खेल्ने दाबी गरे । आफुले टिम सम्हालेको एक महिना पनि नभएकोले गर्दा टिमलाई धेरै प्रशिक्षण आवश्यक भएको बताउदै प्रशिक्षक थापाले फाईनल खेल दुबै टिमको लागि बराबरी अवसर हुने जनाए । ९० मिनेटको खेलमा आफुहरुले जित्ने गरी खेल्ने रणनितीमा मैदानमा उर्तिने उनले जनाए । थ्रिस्टारबाट पहिला खेलेका प्रशिक्षक थापाले हाल पुसिललाई कोचिङ गर्दा फरक अनुभव भएको उनले जनाए । उनले भने “हाम्रो जहिले पनि जित्ने मुख्य उद्धेश्य हुन्छ, त्यो सफल पार्न हाम्रा नयाँ युवा खेलाडीहरु तयारी अबस्थामा रहेकाछन। ” थ्रिस्टारका विक्रम लामाको कप्तानिमा मैदानमा उत्र्रिदैछ भने पुलिसका हेम तामाङको कप्तानिमा टिम फाईनलमा प्रतिष्प्रर्धा गर्ने तयारीमा रहेको छ।

माघ ९ गतेबाट पोखरामा संचालन भएको प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिराम गुरुङ (सुरज) ले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button