पोखरा न्युज , २७ माघ ।
शनिबार बिहान त्रिशूली नदीमा परेर हराएका नेपाल सरकारका सिँचाई सचिव रामानन्द यादवलाई मृतावस्थामा फेला पारिएको समाचार छ।
सचिव यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो। बेपत्ता भएका उनका छोरा सञ्जय र एक किशोरी भने अझै फेला परेका छैनन्। जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए।