डोलेश्वरबाट ५०० साधुसन्तको बिदाइ

पोखरा न्युज – ०२ फागुन ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ ।

शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो । डोलेश्वर आएका झण्डै ५०० साधुसन्तमध्ये आज ३०० साधुसन्त बिदाइ कार्यक्रममा सहभागी भएका र बाँकी साधुसन्त बिदाइ कार्यक्रममा सहभागी नभइकन फर्केको उक्त मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले बताए ।

यहाँ आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहनबल्लले बताए । ‘क’ वर्गका साधुसन्तलाई नगद रु एक हजार १००, ‘ख’ वर्गलाई नगद रु सात सय सात र ‘ग’ वर्गलाई नगद रु पाँच सय ५ तथा प्रत्येकलाई एक थान कम्बल र एकथान धोती प्रदान गरिएको उनले जानकारी दिए ।

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तको आगमन हुँदै आएको छ । शिवरात्रि पर्वमा एक हप्ता अघिदेखि देशका विभिन्न भाग तथा भारतबाट साधुसन्त यहाँ आएका थिए ।

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button