पोखराबाट ‘हुर्रे’को प्रोमेशन यात्रा

पोखरा न्युज – ०४ फागुन ।

अनुप बिक्रम शाही, केकी अधिकारी अभिनित चलचित्र ‘हुर्रे’ यही फाल्गुन २५ गतेदेखि देशभर प्रदशन हुँदैछ। फिल्मको प्रचारका लागि देश दौडाहमा रहेको फिल्म युनिटले विहीबार पोखरामा प्रेसमिट गर्दै चलचित्र फुल कमेडी कथामा रहेको उल्लेख गरेको छ। यख ईन्टरटेन्मेन्ट ब्यानरमा निर्मित उक्त चलचित्रको लगानी भने हालसम्म यकिन गरिएको छैन।

चलचित्रको मुख्य पात्रको रुपमा अभिनित नायिका केकीले चलचित्रमा आफ्नो रोल मेनकाको नामले परिचित रहेको बताइन्। प्रेमको मोहजालमा फसाउने केटीको भूमिका निर्वाह गरेकी केकीले पोखरा नेपाली चलचित्र उद्योगको लागि दोश्रो ठूलो घर रहेकोसमेत उल्लेख गरिन्।

चलचित्रका अर्का पात्र हास्यकलाकारको रुपमा समेत परिचित राजाराम पौडेलले ‘हुर्रे’को सबै छायाङ्कन पशुपती क्षेत्रमा सम्पन्न भएको बताउँदै उक्त चलचित्रले फेरी आफू पुनः १६ वर्ष उमेरमा फर्किएको अनुभुति गराएको बताए। चलचित्रको एक सफल गीत ‘ठेकीमा दही मदानीमा मही’ मा केकीसंग आफूले पनि ठुम्का लगाउन पाउँदा आफू १६ वर्ष उमेरको छँदाको झझल्को दिलाएको रमाइलो प्रसङ्ग उतारे।

याम थापाको लेखन तथा निर्देशनमा बनेको ‘हुर्रे’मा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल अलावा अंकित खड्का, विजय बराल, संगीता नापित लगायतका कलाकार लगायतको अभिनय रहेको छ। फिल्ममा लगानी भने दावा श्रेर्पा, सोनम लामा र शेयरिङ डोर्जी लामाको रहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button